यो बजेट दुई चार घरानाको भयो, यसमा घरानाको अनुहार देखिन्छ : ओली

एटुजेड समाचार

काठमाडौं – प्रमुख प्रतिपक्षि दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक वर्ष २०७९/८० के बजेटमा दुई चारवटा घरानाको अनुहार देखिएको टिप्पणी गरेका छन् ।

आज (सोमबार) प्रतिनिधिसभामा समय लिएर बोल्दै उनले बजेट केही घरानाको जस्तो मात्र भएको बताएका हुन् । ‘यो त दुई चार घरानाको बजेट भयो, यसमा घरानाको अनुहार देखिन्छ’ उनले भने, ‘यसरी अनुहार हेरेर निश्चित घरानालाई फाइदा हुने गरी अरुलाई फाइदा नहुने गरी बजेट किन बनाइयो ?’

बजेट निर्माणमा अनधिकृत मान्छे राखेर निश्चित घरानाका व्यक्तिले भने अनुसार नै करको दर निर्धारण गरिएको ओलीले आरोप लगाए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु