भरतपुरमा प्रतिगामीको नौटङ्की सुरू भयो : रेनु दाहाल

एटुजेड समाचार

चितवन – पाँच दलीय गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिपकाको प्रमुख (मेयर) पदका उम्मेद्वार रेनु दाहालले भरतपुरमा प्रतिगामी तत्वहरुको नौटङ्की सुरू भएको बताएकी छन् ।

भरतपुर महानगरपालिका २४ मा आयोजना भएको ५ दलीय संयुक्त गठबन्धको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले त्यस्तो बताएकी हुन् । उनले नेकपा एमाले तर्फका मेयरका प्रत्यासी विजय सुवेदीले बीपी कोइरालाको शालिकमा माल्यार्पण गरेको विषयमा टिप्पणी गर्दै त्यसलाई प्रतिगामीको नौटङ्कीको आरोप लगाईन् ।

आफ्नो ३० वर्षे राजनीतिक जीवन बताउने प्रतिस्पर्धी उम्मेद्वारको क्रियाकलापको विषयमा बोल्दै उनले भनिन्, “हलो बोकेर प्रतिगमनको अगुवाई गर्नु भएका सुवेदीले आफुलाई बीपी भक्त भनेर शालिक खोजीखोजी माल्याँर्पण गर्नु नौटङ्की नै हो । यस्तो नौटङ्कीले जनता भ्रममा पर्नु हुँदैन् ।” उनले ३० वर्षको राजनीतिक यात्रामा एक पटक पनि विपीको शालिक नदेखेका सुवेदीले शालिकमा माल्यार्पण गरेर मतदातालाई भ्रममा पार्न मात्र खोजेका बताईन् ।

पाँच दलीय गठबन्धन प्रतिगमन विरुद्धको गठबन्धन हो । यो कुनै हार र जीतकोलागी मात्र गरिएको गठबन्धन होइन भन्दै दाहालले गठबन्धनको यात्राले देशको भविस्य निर्माण गर्ने पनि बताईन् । उनले गठबन्धन शान्ति, संविधान, सहमति र एकताको पक्षधर भएको उनले दाबी गरिन् ।

पछिल्लो समय भरतपुरमा विभिन्न नाटक गरेर नेकपा एमालेबाट भ्रममात्र छर्ने काम भइरहेको आरोप दाहालको थियो ।प्रत्यासीले ठाउँठाउँमा लम्पसार परेर ढोगेको विषयमा उहाँले आश्चर्य प्रकट गर्दै भनिन्, ‘ठाउँ ठाँउमा बुढा–पाकालाई गएर ढोग्नु लाई नौटङ्की प्रर्दशन नभनेर के भन्ने’ । ‘यो नौटङ्की होइन भनेर उहाँ आफैले भन्न सक्ने अवस्था छैन् । अझ राजावादीको हलो बोकेर चुनावम लड्ने अनि मेयर निर्वाचित भए भने पार्टीको राजनीति छाड्छु भन्ने उनको भनाईले कस्तो सन्देश’, देला उनले प्रश्न गरिन् ।

यो केवल जनतालाई भ्रम छर्ने प्रपञ्च भन्दा केही होइन भन्ने आम मतदाताले बुझ्न जरुरी रहेको मेयर उम्मेद्वार दाहालको भनाइ थियो । ‘हामीलाई नक्कली कुरा गर्नु छैन, दाहालले भनिन्, जनताको सेवक भएर काम गर्छौ, नक्कली व्यवहार देखाउदैनौ, जे बोल्छौ, त्यो गर्छौ । जनताको सेवक हुन पाउनु गर्वको कुरा हो ।’ प्रमुख पदका उम्मेद्वार दाहालले वितेको पाँच वर्षमा महानगरले गरेका मुख्यमुख्य उपलब्धीका विषयमा जानकारी दिँदै आगामी कार्यकालमा अझै अविस्मरणीय हुने गरि काम गरेर देखाउने प्रतिवद्धता गरिन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु