राप्रपाको घोषणापत्र : ५० प्रतिशत कर कटौती, सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा (पूर्णपाठ)

एटुजेड समाचार

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी घोषणापत्र सार्वजनिक गरेको छ ।बुधबार सार्वजनिक चुनावी घोषणापत्रमा सबै नागरिकको अनिवार्य निःशुल्क स्वास्थ्य बिमा गरिने उल्लेख छ । यस्तै, प्रत्येक वडामा निम्न आए भएका सुत्केरीलाई तीन महिनासम्म मासिक तीन हजार रुपैयाँ भत्ता दिने प्रतिबद्धता पनि गरिएको छ ।

आफूहरूले जित्ने पालिकामा हाल कायम स्थानीय करको दर परिमार्जन गरी ५० प्रतिशतसम्म स्थानीय कर कटौती गरेर न्यूनतम करको व्यवस्था गरिने राप्रपाले घोषणा गरेको छ ।यस्तै, रोजगारमूलक उद्योग स्थापना गर्नेलाई भौतिक पूर्वाधार निर्माणमा सहयोग तथा १० वर्षसम्म स्थानीय कर छुट दिने पनि बताइएको छ ।

पूर्णपाठ 

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु