राप्रपा नेपालसहित तीन दलसँग चुनावी तालमेल गर्न एमालेको निर्देशन

एटुजेड समाचार

काठमाडौं – नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालसहित तीन दलसँग चुनावी तालमेल गर्न निर्देशन दिएको छ ।

एमाले महासचिव शंकर पोखरेलले पार्टीका जिल्ला इन्चार्ज र अध्यक्षलाई पत्र पठाउँदै राप्रपा नेपाल, नेपाल परिवार दल, राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिसँग चुनावी तालमेल गर्न निर्देशन दिएका हुन् । पार्टीको प्रभाव र अवस्था हेरी तालमेल गर्न उनको निर्देशन छ ।एमालेले गएको चैत ३० गते राप्रपा नेपाल र परिवार दलसँग चुनावी तालमेल गर्ने सहमति गरेको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु