ठमेलमा होटेलको सातौँ तलाबाट खसेर विदेशी पर्यटकको मृत्यु

एटुजेड समाचार

काठमाडौं – काठमाडौंको ठमेलमा होटेलको सातौँ तलाबाट खसेर एक विदेशी नागरिकको मृत्यु भएको छ । आज (बुधवार) बिहान ठमेलस्थित मनाङ होटेलको सातौँ तलाबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा आयरल्यान्डका ३३ वर्षीय एलन मिक फिलिप्स रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।उनी होटेलमा एकजना साथीसँग बसेको खुलेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा लडेरै उनको ज्यान गएको पाइएको छ । उनी यही अप्रिल ६ मा नेपाल आएको खुलेको छ ।एसपी मैनालीका अनुसार शव पोस्टमार्टमका लागि अस्पतालमा पठाइएको छ । अनुसन्धान जारी छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू