अपडेट : ४१७४ मतगणना हुँदा देउवाले ल्याए १९९५ मत

एटुजेड समाचार

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका लागि भएको चुनावमा ४ हजार १७४ मत गणना सकिएको छ ।अहिलेसम्म सभापतिका उम्मेदवार शेरबहादुर देउवाले १९९५ र डा. शेखर कोइरालाले १५४२ मत प्राप्त गरेका छन् ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ ।कुनै पनि उम्मेदवारले यो मत पाए विजयी हुनेछ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू