काठमाडौं – नेपाली कांग्रेसको सभापतिका लागि भएको चुनावमा २ हजार ७७७ मत गणना सकिएको छ ।अहिलेसम्म सभापतिका उम्मेदवार शेरबहादुर देउवाले १३१८ र डा. शेखर कोइरालाले १०२३ मत प्राप्त गरेका छन् यस्तै, प्रकाशमान सिंहले २०५ मत प्राप्त गर्दा सभापतिका अर्का उम्मेदवार विमलेन्द्र निधिले १६६ र कल्याण गुरुङले १२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।