चितवनका अधिकारी र पौडेल एमाले स्थायी समितिमा, पोलिटव्युरोमा ज्ञवाली

एटुजेड समाचार

चितवन – चितवनबाट काशीनाथ अधिकारी र सीता पौडेल नेकपा एमाले स्थायी समितिमा परेका छन् । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकले अधिकारी र पौडेललाई स्थायी समितिमा राखेको हो ।

अधिकारी र पौडेल एमाले पोलिटव्यूरोमा पनि परेका छन् । यसअघि नै पदाधिकारीमा निर्वाचित भएका चितवनका रामबहादुर थापा बादल र सुरेन्द्र पान्डे स्थायी समितिमै छन् । यस्तै, पोलिटव्युरोमा चितवनका देवी ज्ञवाली पनि परेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू