चितवन– दसैँमा शाकाहारीहरुका लागि के कस्ता परिकार खाने भन्ने योजना रहेका हुन्छन् । प्रायजसोसबैका घरमा दसैँमा मांसाहारीका लागि मात्रै विभिन्न परिकार पाक्ने गर्दन् । तर, शाकाहारीहरूलाई तरकारी खाँदाखाँदा वाक्क भएपछि स्वादका लागि के खाने के नखाने भनेर अलमलिइरहेको अवस्था पनि हुन्छ । दसैँको समयमा थुप्रै प्रकारका सागसब्जी, फलफूल, अन्न जस्ता चिजहरु उपलब्ध हुन्छन् । यस्तो अवस्थामा शुद्ध शाकाहारीहरुका लागि पनि कम खर्चमा सहज तरिकाले घरमै थुप्रै परिकारहरु बनाउन सकिन्छ । अव यसरी आफ्नै भान्सामा बनाउनु होस् शाकाहारी परिकार ।
च्याउ बनाउने सामग्रीहरु
एक चम्चा तेल, एउटा लसुन, प्याज ६५ ग्राम, भेडेखुर्सानी स्वाद अनुसार, उमालेको च्याउको स्टेम ३० ग्राम, च्याउ ५०० ग्राम, मसला एक चम्चा, मरिच एक चम्चा, मोजारेला चीज, नुन स्वादअनुसार राख्न सक्नुहुनेछ ।
विधि
एउटा प्यानमा तेल तताउनुस् । त्यसमा लसुन हालेर तीन मिनेटसम्म भुट्नुस् । अब त्यसैमा प्याज भुट्नुस् । अनि मरिच र उमालेको च्याउको स्टेम हालेर मज्जाले हल्लाउँदै सात मिनेटसम्म पकाउनुस् । त्यसपछि नून, मसला र मरिच हालेर मिसाउनुस् । यो मिश्रणलाई एउटा भाँडोमा राख्नुस् । त्यसलाई सबै च्याउका डल्लामा समान मात्रामा भर्नुस् । प्रत्येक च्याउमा मोजारेला चीज हालेर ट्रेमा राख्नुस् । अब सबैमा मसला छर्किनुस् । त्यसपछि ओभनमा १८० डिग्री सेल्सियसमा प्रिहिट गरेर १० मिनेटसम्म च्याउलाई बेक गर्नुस् । चीज नपग्लिएसम्म बेक गर्ने हो । ओभनबाट निकालेर पस्किनुस् ।
आलुदम बनाउने सामग्रीहरु
उसिनेर बोक्रा छोडाएको सानो–सानो आलु एक केजी, ५ वटा काटेको टमाटर, २ चम्चा धुलो खुर्सानी, १०० ग्राम काटेको प्याज, हरियो धनियाँको टुक्रा थोरै, धनियाँ र जिराको दाना एक/एक चम्चा, एक चम्चा बेसार, ३ चम्चा तेल, ४ वटा हरियो खुर्सानी, अदुवा र लसुनको टुक्रा ४० ग्राम, गरम मसला १ चम्चा ।
विधि
उसिनेको सबै आलुमा काँटाचम्चाले मसिनो मसिनो प्वाल पार्ने, प्यानमा तेल हाल्नुहोस र तेल तातेपछि त्यसको माथि बेसार राख्नुहोस् । त्यसमाथि आलु राख्नुहोस् र राम्रोसँग फ्राइ गर्नुहोस्। त्यसमाथि खुर्सानीको धुलो र नुन स्वादअनुसार राखेर मोल्नुहोस् र आलु निकाल्नुहोस् ।
अब बाँकी तेलमा काटेको लसुन, अदुवा, प्याज, हरियो खुर्सानी फुराउनुहोस्, ब्राउन भएपछि टमाटर राखेर चलाउनुहोस् । राम्रोसँग पाकेपछि निकाल्नुहोस् र अलिकति चिसो भएपछि त्यसलाई मिक्सचरमा पिस्नुहोस् । फेरि प्यान बसालेर एकचम्चा तेल राख्नुहोस् । त्यसमा जिरा र धनियाँको दाना फुराउनुहोस् र त्यसमाथि मिक्स भएको मसलाको पेस्ट हाल्नुहोस् । अनि खुर्सानीको धुलो, गरम मसला, राखेर राम्रोसँग चलाउनुहोस् । त्यसमाथि आलु हालेर चलाउनुहोस् । आलु र मसला राम्रोसँग मोलिएपछि थोरै पानी राख्नुहोस् र ३ मिनेट ढाकिदिनुहोस् । अब तयार भयो स्वादिलो आलुदम । यो आलुदम, खाना, चिउरा तथा रोटीसँग सर्भ गर्न सकिन्छ ।
राजमा बनाउने सामग्रीहरु
५०० ग्राम राजमा १ दिन अगाडि पानीमा भिजाउनु १०० ग्राम प्याज काट्नु १०० ग्राम टमाटर पिस २५/२५ ग्राम लसुन अदुवा पेष्ट १/१ टेवुल चम्चा जिरा, धनियाँ, वदाम, नरिवल धुलो १/१ चम्चा बेसार, खोर्र्साा धुलो ४/५ वटा तेजपात नुन अजिनोमोटो तेल इच्छानुसार ।
विधि
भिजाएको राजमालाई कुकरमा २ सिठी लगाउनु । तेल तताई प्याज राखो हुने गरी फ्राई गर्नु । लसुन, गोलभेडा, तेजपात र अन्य मसला राजमामा राखी ४÷५ मिनेट भुट्नु र आवश्यक ग्रेवी राख्नु तयार भयो ।
आलुको अचार बनाउने सामग्रीहरु
आलु उसिनेको आधा केजी, मूला १०० ग्राम, काँक्रो १०० ग्राम, गाजर ८० ग्राम , तिल पिसेको २ ठुलो चम्चा, मटर केराउ, हरियो केराउ या सानो केराउ इच्छा अनुसार भिजाएको, लप्सी ८ पिस जति उसिनेको, हरियो खुर्सानी तीन पिस जति, हरियो धनियाँ चप २ ठुलो चम्चा, नून स्वाद अनुसार, खुर्सानीको धुलो आवश्यकता अनुसार
विधि
सर्वप्रथम उसिनेको आलुबाट बोक्रा छोडाउने, सानो टुक्रा बनाएर काटेर एउटा भाँडोमा राख्ने । त्यसपछि गाँजर, मुला, काँक्रोलाई लामो कटमा काटेर आलुमा मिसाउने । अब त्यसमा केराउ, हरियो खुर्सानी लाई चिरा पार्ने र सानो केराउ पनि मिसाउने । त्यसपछि लप्सीलाई माड्ने सो आलु काँक्रो भएको भाँडोमा राख्ने र मोल्ने । अब फेरि त्यसमा तेल, नून, खुर्सानीको धूलो, अलिकति पानी हालेर हातले मजाले मोल्ने । यसमा कागतीको रस पनि राख्नुभयो भने अझ राम्रो हुन्छ । अब अचारलाई झान्ने तेल तताउने र मेथी फुराएर झान्ने । फेरि यसलाई राम्रोसँग चलाउने अचार तयार भयो ।
मटर पनिर बनाउने सामग्रीहरु
आधा कप उसिनेको मटर, २०० ग्राम पनीर, हरियो खुर्सानी, क्रिम, प्याजको पेस्ट, जीरा, धुलो खुर्सानी, बेसर, मसला, हरियो धनियाँ, नुन स्वादअनुसार, तेल, पिसेको टमाटर, लसुनअदुवाको पेस्ट
विधि
एउटा प्यानमा तेल तताउने, तताएको तेलमा काटेको पनिरलाई गोल्डेन ब्राउन नहुन्जेल सक्ने वा तेलमा फ्राई गर्ने र अलगै अर्को प्लेटमा निकालेर राख्ने । त्यसपछि त्यहीँ प्यानमा अलिकति तेल तताइ, जीरा पड्काएर प्याज र लसुनअदूवाको पेस्टलाई फ्राई गर्नु पर्छ । त्यसमा बेसर, खुर्सानी, नुन तथा मसला सबै हालेर मज्जाले तेल ननिस्किएसम्म फ्राई गर्नु पर्छ ।
त्यसपछि, पिसेर राखेको ततामरलाई राखेर मज्जाले भुट्ने अनि उसिनेको मटर मिसेर अलिकति पानी राखेर छोप्नु पर्छ । अलिकति पानी सुकिसकेपछि अघि निकालेर राखेको पनिरलाई मिसाएर, दुई चम्चा क्रिम पनि हालेर २ देखि ३ मिनेटसम्म उमाल्नु पर्छ । अन्त्यमा यसलाई हरियो धनियाले सजाएर भात वा रोटीसँग सेवन गर्न सकिन्छ ।


