बोष्टन कलेजद्वारा “बोष्टन बिजनेस पिच प्रतिस्पर्धा” सम्पन्न

एटुजेड समाचार

भरतपुर – बोष्टन ईन्टरनेशनल कलेजले ‘बोष्टन बिजनेस पिच प्रतिस्पर्धा” को दोस्रो सत्र सम्पन्न गरेको छ। एमबिए कार्यक्रम अन्तर्गत चौथो ट्राईमेस्टरमा ‘उद्यमशीलता र नवीनता’ विषय अध्ययन गरिरहेका विद्यार्थीहरुको करिब ३ महिनाको परिश्रमलाई प्रदर्शन गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा ४ उद्यमहरुले प्रतिस्पर्धा गरेका थिए।

साउन ३२ गते जुम मार्फत बिहान ७:०० बजे देखी ८:३० बजेको बिच आयोजित उक्त कार्यक्रम बिआईसी स्टार्टअप्सका प्रमुख एवम् उद्यमशीलता र नवीनता विषयका अध्यापक प्रेम गैरेको स्वागत मन्तब्य सँगै सुरु भएको थियो।उक्त कार्यक्रममा निर्णायकको भुमिकामा ‘डोल्मा ईम्प्याक्ट फण्ड’का ईएसजी ईम्प्याक्ट म्यानेजर सन्दिप श्रेष्ठ, ‘उपाय सिटी कार्गो’की बिजनेस डेभलप्मेन्ट अफिसर उत्साह खकुरेल एवम् बोष्टन कलेजका एसोसिएट डाईरेक्टर तथा उद्यमशीलताका बरिष्ठ प्राध्यापक पुष्प राज अधिकारी रहनुभएको थियो।

कार्यक्रमको अध्यक्षता बोस्टनका एमबीए कार्यक्रम निर्देशक ऋषि चापागाँइले गर्नुभएको थियो भने, उक्त कार्यक्रममा अङ्कुरम एकेडेमीका प्राधानाध्यापक सुमन पौडेल विशेष अतिथिको रुपमा उपस्थित भई ‘अङ्कुरमको नवीन शिक्षा प्रणाली’ सम्बन्धी विशेष प्रस्तुति समेत दिनुभएको थियो।

उक्त प्रतिस्पर्धामा ‘टिफीन फुड पार्टनर’ टिम बिजेता बन्न सफल भएको छ। प्रतिस्पर्धी टिमहरु थुङ्गा, ग्रोसरी रन र प्यागोडा क्याफे भन्दा आफुलाई अब्बल सावित गर्दै टिफीन फुड पार्टनर टिम विजयी भएको हो।

बिजेता टिमलाई प्रोत्साहन स्वरुप रु.पाँच हजार नगद पुरस्कार प्रदान गरिएको कार्यक्रम आयोजकका तर्फबाट प्रेम गैरेले जानकारी दिए। उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यका साथ बोष्टन कलेजले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ। यसै शिलशीलामा एमबिएका विद्यार्थीहरु बिच सञ्चालन गरिएको यो दोस्रो पर्तिस्पर्धा हो।

यस्तै एक प्रतिस्पर्धा गत फाल्गुन ६ गते पनि आयोजना गरिएको थियो। यो प्रतिस्पर्धा चौथो ट्राईमेस्टरका विद्यार्थीहरु बिच हुने गर्दछ र उक्त ट्राईमेस्टरका विद्यार्थीहरु सबैको सहभागिता अनिवार्य गरिएको छ। विद्यार्थीहरुलाई उद्यमशीलता सम्बन्धी प्रयोगात्मक सीप सिकाउन उक्त प्रतिस्पर्धा उपयोगी रहेको आयोजकको दाबी छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु