चितवन – नारायणग्ढ मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । पहिरोको कारण आज (मंगलबार) बिहानैबाट अवरुद्ध सडक दिउँसो १२:३० बजेबाट एकतर्फी खुलेको हो ।
भरतपुर महानगरपालिका २९ सेती दोभानमा पहिरो खसेपछि सडक बिहानैबाट अवरुद्ध भएको थियो । सडक एकतर्फी खुले पनि सवारी साधनको लामो जाम लागेको कारण सहज हुन भने समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।


प्रहरीका अनुसार नारायणगढतर्फ भरतपुरसम्मै र मुग्लिनतर्फ मुग्लिन बजारसम्मै जाम लागेको छ । जामका कारण राजमार्गमा आवागमन हुन समय लाग्ने भएको वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह छ ।