चितवन – भरतपुर महानगरपालिका वडा नम्बर ३ का १६ बर्षिय बालक अहिले कक्षा १२ मा पढ्दै छन् । विज्ञान बिषय अध्ययन गर्दै गरेका उनले एसईईमा ए प्लस ल्याए । पढाईमा अब्बल उनी अनुशासित, लगनशिल र घरपरिवारलाई समेत काममा सघाउने गर्दथे । तर, हिजोआज उनको व्यवहारमा आएको परिवर्तन देखेर घरपरिवारका सदस्य चिन्तित हुन थालेका छन् ।
गत वर्षको कोरोना भाईरस संक्रमणको जोखिमका कारण बन्दाबन्दी भए पश्चात उनमा इन्टरनेटमा आधारित गेमको लत बढ्दै गयो । उनी लगातार लामो समय मोबाइलमा फ्री फायर र पब्जी खेलेरै बिताउँछन् । उनमा इन्टरनेट गेमको लत बढ्दै गएपछि एकोहोरिने, झोक्राउने, घरमै भएर पनि परिवारका सदस्यसँग घुलमिल नहुने, बोल्दा पनि झर्किने, रिसाउने खालका समस्याहरु देखिन थालेका छन् ।
उनको सुत्ने, उठ्ने, खाने कुनै ठेगाना हुँदैन । उनी रातभरी पनि गेम खेलेरै समय बिताइदिन्छन् अनुशासित पढ्न सिपालु छोरा पढाईमा ध्यान नदिँदा र एक्लै कोठामा लामो समय मोबाइल गेममा झुण्डिरहँदा चिन्ता बढ्दै गएको उनकी आमा बताउछीन् ।
एक बर्ष अघिसम्म मोबाइलमा ध्यान नदिने छोरा अनलाइन कक्षा सुरु भएपछी मोबाइल चलाउन थाले र गेमको लतमा पर्दै गए । गेमको लतमा पर्दै जाँदा “घरमा बोलाउँदा नसुन्ने, पटक पटक बोलाई राख्नु पर्ने, भनेको नमान्ने, एउटै कुरा ४÷५ पटक भन्नु पर्ने, भनेका कुरा छिट्टै भुल्ने, झर्को मान्ने तथा एकोहोरिने खालका स्वभावले चिन्ता लागेको उनकी आमा बताउँछिन् ।
“कती पटक स्कुलमा गएर गुनासो गरिसकेकी छु तर पनि कसैले भनेको मान्दैन गेम खेल्दा बिरामी पर्दै गएपछी सम्झाउन खोज्यो झर्को मान्ने, आमाबुवाको कुरा नसुन्ने गर्छ, गेमको लत कसरी छुटाउने होला बरु सरकारले नै गेम बन्द गरिदिए हुन्थियो नि” उनले भनिन्, ।
यीनी एक उदाहरण मात्रै हुन् । हिजोआजका अधिकांश बालबालिकामा इन्टरनेट गेमको लत बसेको छ । कोरोना भाईरस सङ्क्रमणको जोखिमका कारण प्रशासनले निषेधाज्ञा जारी गरेका कारण स्कुल, कलेजहरु बन्द भएपछी घरमै बसिरहँदा बालबालिकामा इन्टरनेट गेमको लत बढ्दै गएको हो ।
पहिला–पहिला साथीभाइसँग विभिन्न खेल खेल्न तथा परिवारका सदस्यसँग बसेर रमाउन चाहने बालबालिकामा अत्यधिक मोबाइल फोनको प्रयोगले उनीहरूमा मोबाइल फोनबाहेक अन्त ध्यान नहुँदा अनेक समस्याहरु देखिदै गएका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर ११ का १५ बर्षिय किशोर अहिले १० कक्षामा पढ्दै छन् । बन्दाबन्दी पछी उनमा पनि इन्टरनेट गेमको लत बढ्दै गयो । जब गेमको लत बढ्दै गयो उनी चौबिसै घण्टा मोबाइल हातमा लिएर लिएर गेम खेलिरहन्छन् । गेम खेल्न नपाए उनी एकहोरिने, झोक्रर्याउने, झर्किने, एक्लै बस्ने र रिसाउने स्वभाव उनमा देखिन थालेको छ ।
बेला बेलामा छोराले मानसिक सन्तुलन ठीक नभए जस्तो व्यबहार देखाउने गरेको उनकी आमा बताउछिन् । टोलाएर बस्ने, एकहोरिने, बोलाँउदा नबोल्ने र बोलिहाले चिच्याएर बोल्ने बानी भएको छ । छोराको भविस्य राम्रो होला भनेर गाँउ देखी शहर पढाउन ल्याएको छोराको यस्तो व्यबहार देखेर चिन्ता लागेको उनी बताउछिन् ।”अनलाइन पढाई छ भनेपछी बाध्यताले पनि मोबाइल दिन प¥यो पढाईलाई चासो नदीई मोबाइलमा गेम खेलिरहन्छन् यो बानी कसरी हटाउने होला” उनी भन्छिन् ।
कोभिड–१९ को महामारीले स्कुल, कलेजहरु बन्द हुँदा बालबालिकाको शिक्षामा समेत गहिरो असर परेको छ । बालबालिका एक किसिमले स्वतन्त्रता महसुस गर्दै पढाइको प्रेसरबाट मुक्त भएर इन्टरनेट गेममा लत बसालिसकेका छन् ।स्कुलहरुले अनलाइन शिक्षा प्रणाली सञ्चालन गरेपनि बालबालिका अनलाइन कक्षा कमै लिएका र कतिपय अवस्थामा पढ्ने बालबालिकाहरु अनलाइन शिक्षाबाट वञ्चित समेत छन् ।
त्यस्तै उमेरले १५ बर्ष पुगेका भरतपुर ११ का अर्का बालकको समस्या पनि त्यस्तै छ । पढाईमा सधैं प्रथम हुने ति बालक हिजोआज चौविसै घण्टा मोबाइलमा झुन्डिन्छन् । मोबाईल चलाउन र गेम खेल्न थालेपछि एकलकाटे जस्तै बनेका छन् । मोबाईको धेरै प्रयोग गर्दा पढाई खस्किदै गएको उनको बुवा बताउछन् ।बच्चाहरु “अनलाइन क्लास छ भनेर ढोका थुनेर पढ्न बस्छन् पढाई भएर हो कि नभएर हो थाहा हुँदैन आफुलाई के पढिस भनेर सोध्नलाई पढ्न आउँदैन“ उनले भने। बन्दाबन्दी संगै अनलाइन क्लास पढाई शुरु हुन थालेपछी बच्चाहरुमा मोबाइल बढी प्रयोग गर्ने बानी भएको उनको बुझाई छ ।
नारायणी नमूनामाध्यमिक बिद्यालय भरतपुरका सहायक प्रधानध्यापक बासु देव शर्माले बिद्यालयमा २० प्रतिशत अभिभावक बालबालिकाले मोबाइलको धेरै प्रयोग गरेको गुनासो आउने गरेको बताउछन् । स्कुलबन्द रहदा कतिपय अभिभावकले फोनबाटै पनि गुनासो गर्ने गरेको उनले बताए । पछील्लो समय कोरोना संक्रमणका जोखिमका कारण स्कुल बन्द रहदा र कतीपय अवस्थामा अभिभावकलेनै बालबालिकालको हेरचाहमा कम ध्यान दिँदा बालबालिकमा मोबाइलको लत बढ्दै गएको उनीको भनाइ छ ।
यसको समाधानका लागि विशेष गरेर घरपरिवार बाबुआमा, शिक्षकको अग्रसरता हुनुपर्ने उनको भनाइ छ । अभिभावकले बालबालिकालाई घरायसी काममा लगाउने, फुलबारिमा काम लगाउने, खानाका परिकार बनाउन लगाउने, करेसाबारी काम लगाउने, मठ – मन्दिर, धार्मिक स्थलहरु घुमाउन लैजाने, कुनै कामको जिम्मा दिने,घरपरिवार सगै बसेर घरका कुरा सेयर गर्ने र बालबालिकालाई घरयासी काममा व्यस्त गराउने जस्ता कार्य गर्नाले बालबालिकालाई मोबाइलको लतबाट न्युनिकरण गर्न सकिने उनको भनाई छ ।
लामो समय बालबलिकालाई मोबाइल खेल्न नदिने, समय समय बालबालिकाको निगरानी राखी राख्ने र सिर्जनात्मक काम लगाउने आदि उपायबाट बालबालिकामा बसेको मोबाइलको लत छुटाउन सकिने सहायक प्रअ शर्माको सुझाव छ । बालबालीकालाई सचेत गराउने पहिलो जिम्मेवारी अभिभावकहरुकै हो भने बालबालीकालाई सम्वन्धीत् बिद्यालय र शिक्षकले समेत सचेत गराउन सक्छन्, उनले भने ।
निरन्तर मोबाइल फोनको प्रयोगले बालबालिकामा आँखा दुख्ने, टाउको दुख्ने, निद्राको समस्या, थकान महसुस हुने, कुनै कुरामा राम्ररी ध्यान केन्द्रित गर्न कठिन पर्ने वा कुनै नयाँ रचनात्मक कार्य गर्न गाह्रो पर्ने, ध्यान केन्द्रित गर्न समस्या हुने ढाड दुख्ने, घाँटी र गर्दन दुख्ने, खान मन नहुने, तौल घट्ने लगायतका शारीरिक लक्षण देखापर्ने भरतपुर अस्पतालका मनोचिकित्सक सुनिल कुमार साह बताउँछन् ।
अभिभावकहरू सक्रिय हुँदा पनि बालबालिकामा बढ्दो इन्टरनेट गेम र सामाजिक सन्जाल प्रयोगको लत घट्न सक्ने विश्वास उनको छ । अभिभावक आँफै पनि बालबालिकाको अगाडी मोबाइल चलाएर नबस्ने, बालबालिकालाई सिर्जनात्मक काममा लगाउने र बालबालिकाहरुलाई घरायसी काममा व्यस्त गराउने जस्ता कार्य गर्दा बालबालिकालाई मोबाइलको लतबाट टाढा राख्न सकिने उनले बताए
सरकारले पनि यस्ता इन्टरनेट गेमहरुलाई बन्द गर्नु आवश्यक छ । किनकी आजका बालबालिका भोलिका कणदार हुन् नेपालमा पछील्लो समय सामाजिक सन्जालको दुरुपयोग सगै इन्टरनेटका गेमक कारण बालबालिकाको भविष्य र पढाईमा समस्या देखिदै गएको छ । समयमै स्वयम बालबालिका र अभिभावक सचेत हुन जरुरी छ ।
फाईल तस्विर


