महिला फ्रन्टलाइनरलाई क्रियाशिल महिला पत्रकार (डब्लुडब्लुजे) चितवनद्वारा सेनिटरी प्याड वितरण

चितवन – अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसको सन्दर्भ पारेर क्रियाशिल महिला पत्रकार (डब्लु.डब्लु.जे चितवन) ले फ्रन्ट लाइनमा काम गर्ने पत्रकार महिला तथा सुरक्षाकर्मी महिलालाई सेनिटरी प्याड वितरण गरेको छ ।मे २८ मा पर्ने महिनावारी स्वच्छता दिवसको अवसरमा जिल्लाका पत्रकार महिलाहरुसंग अन्तरक्रिया गरेको (डब्लु.डब्लु.जे चितवन)ले महिनावारी स्वच्छताबारे सचेतना जगाउन सेनिटरी प्याड वितरण गरेको हो ।

नेपाली समाजमा महिनावारी संग जोडिएका विभेदपूणर् व्यवहारलाई हटाउँदै महिनावारी सरसफाई र प्रजनन स्वास्थ्यबारे सचेतना जगाउन सांकेतिक कार्यक्रम गरिएको (डब्लु.डब्लु.जे चितवनका अध्यक्ष प्रमिता ढकालले बताइन् ।महिनावारी स्वच्छता दिवसबारे एक दिन समाचार प्रकाशन/ प्रशारण गरेर मात्रै जिम्मेवारी पुरा भएको मान्न नसकिने अवस्थाको समाजमा हामी छौं , अध्यक्ष ढकालले भनिन्,त्यसैले यो एउटा सानो प्रयास हामीले हाम्रै समुह माझबाट सुरु गरेका हौं ।

सेनिटरी प्याड वितरणका लागि (डब्लु.डब्लु.जे ) चितवनका सल्लाहकार अनिता खनालले संयोजन गरेकी हुन् । हामीले यो कार्यक्रम परिकल्पना गर्दै गर्दा कोरोना महामारीको विषम परिस्थितीमा फिल्डमा अनवरत खटिने सुरक्षाकर्मी महिलालाई समेत महिनावारी स्वच्छता सम्बन्धी जानकारी गराउने सोच बनायौं, संयोजक खनालले बताइन् ।

महिनावारी भएका बेला निरन्तर लामो समय फिल्डमा खटिँदा सरसफाई र प्रजनन् स्वास्थ्यबारे सचेत हुनैपर्ने उनले जोड दिइन् । सेनिटरी प्याड वितरणका लागि जनसम्पर्क समिति बेल्जियमका सभापति भरतपुर १२ की नेतृ सीता सापकोटा र खनालले आर्थिक स्रोत व्यवस्थापन गरेका हुन् ।

जिल्लामा नेपाल पत्रकार महासंघ चितवनका सदस्य रहेका साथै क्रियाशील पत्रकार महिला करिव एक सय २० को हाराहारीमा छन् । यस्तै नेपाल प्रहरी, नेपाल आर्मी, शशस्त्र प्रहरी, ट्राफिक प्रहरी गरी करिव १ सय ५० सुरक्षाकर्मी महिला छन् । जिल्लामा रहेका विभिन्न मिडियाहरुमा काम गर्ने पत्रकार महिला तथा सुरक्षाकर्मी सबै महिलालाई समेट्ने गरी सहयोग गर्ने खनालले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

Forbes

शनिवार संस्थाले फिल्डमा खटिएकै अवस्थामा रहेका पत्रकार तथा सुरक्षाकर्मीलाई सेनिटरी प्याड उपलब्ध गराइसकेको र बाँकीलाई आइतबार वितरण गर्ने डब्लु.डब्लु.जे चितवनकी उपाध्यक्ष सरिता पौडेलले बताइन् । एक पटक वितरण गरिने सेनिटरी प्याडले सँधैको खाँचो नटर्ने भएपनि सचेतनाको लागि कार्यक्रम गरिएको उनले प्रष्ट्याइन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु