चितवन मेडिकल कलेजमा गैँडाकोट र कपिलवस्तुका दुई कोरोना संक्रमितको मृत्यु

एटुजेड समाचार

चितवन – चितवन मेडिकल कलेजमा दुई कोरोना भाईरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोटका एक पुरुष र कपिलवस्तुकी एक महिला रहेकी छन् ।

अस्पतालका अनुसार गैँडाकोटका ७३ वर्षीय पुरुषको आज विहान ३ :३० बजे मृत्यु भएको हो भने कपिलवस्तुकी ६७ वर्षीय महिलाको बिहान ८ : ५ बजे मृत्‍यु भएको हो । उनिहरु दुबैमा निमोनियाकाको समस्या देखिएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू