चितवन – चितवनमा थप दुई कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा आज (मंगलबार) थप दुई संक्रमितको मृत्यु भएको हो ।
मृतक मध्ये एक जना चितवनका हुन् भने अर्का एक रुपन्देहीका हुन् । भरतपुर १० का ६२ वर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा आज दिउँसो ३:३० बजे मृत्यु भएको हो । बैशाख १ गते कोरोना पुष्टि भइ ५ गते भरतपुर अस्पतालको कोभिड आइसियुमा भर्ना भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।


भरतपुर अस्पतालमै मृत्यु भएका अर्का ब्यक्ति भने रुपन्देहीका हुन् । बैशाख १९ गते कोरोना पुष्टि भइ भरतपुर अस्पतालमा भर्ना भएका बुटवल ११ का ४५ वर्षीय पुरुषको आज दिउँसो ३:४५ बजे मृत्यु भएको हो । बैशाख २० गते मात्रै भरतपुर अस्पतालको कोभिड आइसियुमा भर्न भएको उनको आज मृत्यु भएको हो ।