प्रेसिडेण्ट ग्रुप अफ होटलको १० औं आउटलेट नारायणगढमा

एटुजेड समाचार

चितवन – प्रेसिडेन्सी ग्रुप अफ होटलको १० औं आउटलेट प्रेसिडेण्ट तासघर नारायणगढमा सञ्चालनमा आएको छ । आज (सोमबार) एक कार्यक्रमकाबीच गामवेशी चेपाङ्ग संरक्षण केन्द्रमा आश्रित विद्यार्थी सिम्रन चेपाङ्ग र हेम कुमार चेपाङ्गले शुभारम्भ गरे।

शुभारम्भ कार्यक्रममा बोल्दै सिम्रन चेपाङ्गले सिमान्तकृत चेपाङ्ग समुदायको आफु भएपनि होटलको शुभारम्भ गर्न पाएकोमा खुशी व्यक्त गरिन् । पहिलोपटक आफूले यस अवसर पाएको भन्दै उनले यस्ता व्यवसायीहरुले चेपाङ्गहरुलाई शिक्षा, आवास तथा स्वास्थ्य क्षेत्रमा गरेको सहयोग प्रति आफूलाई उर्जा मिलेको बताइन । सो अवसरमा गामवेशचेपाङ्ग संरक्षण केन्द्रमा आश्रित विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेले व्यवसायीहरु कोरोनाको मारमा परेपनि सस्थागत सामाजिक उत्तरदायित्व बहन गर्न पछि नहटेको बताए । प्रेसिडेन्सी ग्रुपले देशभर ग्राहक तथा पर्यटकको लागि फरक सेवा सुविधा दिदै आएको भन्दै होटल तथा रेष्टुरेण्ट व्यवसायलाई थप व्यवस्थित बनाउन जोड दिए।

अझैपनि सरकारले सीमापारिका पर्यटकलाई नेपाल छिर्न नदिएको कारण नेपालको पर्यटकीय क्षेत्रलाई असर पुगेको बताए। होटलका अध्यक्ष शंकर भण्डारीले चेपाङ्ग विद्यार्थीबाट होटल शुभारम्भ गर्न पाउंँदा आफूहरु अत्यन्त खुशी भएको बताए। विगत १५ बर्षदेखि काठमाडौंबाट शुरु गरिएको होटलको देशभर १० वटा शाखा विस्तार गर्न सफल भएको बताए। आफूहरुले गुणस्तरीयता र स्वच्छतालाई मध्यनजर गरी तासको मात्रै १५ परिकार पस्कन सफल भएको भण्डारीले बताए।

आगामी दिनमा देशका अन्य जिल्लामा आफ्नो शाखा विस्तार गर्ने योजना रहेको र यसबाट राष्ट्रिय अर्थतन्त्र र रोजगारीमा टेवा पुग्ने विश्वास लिएको उनको भनाई थियो । कार्यक्रममा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ, चितवनका अध्यक्ष ज्योति कंडेल ,होटल व्यवसायी महासंघ उपाध्यक्ष इमान्दु बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु