अमेरिकामा दुईकरोड भन्दा बढीले जिते कोरोना संक्रमण

एटुजेड समाचार

क्यालिफोर्निया ।अमेरिकामा २ करोडभन्दा धेरैले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।

पछिल्लो २४ घण्टा ८९ हजार ४२५ जनाले संक्रणलाई जितेका छन् । योसँगै अमेरिकामा संक्रमणमुक्त हुनेको संख्या २ करोड १ लाख ८३ हजार ९२९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७९४ संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख  ३५ हजार ५६३ पुगेको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा ६७ हजार २८१ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ९५ लाख नाघेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू