ओम सुनार र एलिना चौहानको ‘फूल भन्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

एटुजेड समाचार

चितवन – गायक ओम सुनार  र गायिका एलिना चौहानको आवाजमा ‘फूल भन्दा’ म्युजिक भिडियो सार्बजनिक भएको छ। ओम सुनारको शब्द, संगीत तथा संगीत संयोजन रहेको गीतको भिडियोमा सुशान्त बसेलको सम्पादन र कृष्ण पाण्डेको छायाँकन रहेको छ ।

यस भिडियोमा अहिलेको चर्चित नायिका प्रियंका कार्की र विकेश शाहीको अभियनय देख्न सकिन्छ । कविराज गहतराजले निर्देशन गरेको यस भिडियोलाई राकेश शाहीले कोरीयोग्राफर गरेका हुन्  र सुरज लामाले ड्रोने अप्रेटर गरेका हुन।

‘फूल भन्दा’ गीतलाई ओ एस आर डिजिटल अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु