आज २३४९ ले जिते कोरोना, १९१३ थपिए

एटुजेड समाचार

चितवन – देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ३४९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै देशभर हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ । यस्तै देशभर ३८ हजार ४६१ जनामा कोरोना संक्रिय छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ९१३ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको मन्त्रालयले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू