दशैँमा पनि छैनन् ग्राहक : कोभिडको मारमा व्यवसाय, चिन्तामा व्यवसायी

अस्मिता पराजुली,

चितवन – दशैंको रौनक शुरु भइसक्दापनि चितवनको मुख्य बजार नारायणगढमा मानिसको त्यति चहलपहल देखिदैन । शहरका सडकहरुमा गाडीको चाप देखिएपनि पसलहरुमा भने ग्राहकको उपस्थिति न्यून छ ।

बन्दाबन्दीका कारण महिनौं व्यवसाय बन्द गरेका व्यवसायीहरु व्यापार नहुंँदा निराश बनेका छन् । दशैंमा बिक्री हुने दैनिक उपभोग्य सामाग्री खाद्यान्न पसल, कपडापसल तथा भांँडा पसलहरुमा समेत ग्राहकको चाप अतिनै न्यून छ । जसका कारण व्यवसायी चिन्तित देखिएका हुन् । विगतका चाडपर्वहरुमा ग्राहकको चाप सन्तोषजनक देखिएपनि कोरोना कारण यसको प्रभाव व्यवसायमा परेको छ ।

बिगत ३२ बर्ष देखी नारायणगढको सहीद चोकमा कपडा पसल सञ्चालन गर्दै आएका भागिरथ अग्रवालले सडकमा मानिस हिडेपनि पसलमा भने ग्राहक नआएको बताउंँछन् । ‘यतिका लामो समय भईसक्यो मैले व्यापार गरेको उनले भने, यस्तो सुनसान अवस्था त कहिल्यै आएन । ’

अघिल्लो बर्ष घटस्थापनाको केही दिन अघिदेखिनै ग्राहकहरु आउने क्रम बढेपनि अहिले दशै लागिसक्दा पनि ग्राहक आउंँछन कि भनेर कुर्नु परेको उनले बताए । कोरोनाकै कारण कतिपय मानिस घरबाट ननिस्कएको र ग्राहकको क्र्रयक्षमतामा पनि ह्रास भएकाले ग्राहकको चाप कम भएको उनको भनाई छ ।

Forbes

उनका अनुसार विगतका बर्षहरुको तुलनामा यसपटक उनको कारोबार २० प्रतिशत पनि हुन सकेको छैन । यति पुरानो स्थापित व्यवसायको हालत त यस्तो छ अन्य व्यवसायको हालत पनि उनको भन्दा फरक छैन ।

कतिपय व्यवसायीको दैनिकी बिहान खोल्ने र बेलुका बन्द गर्ने बाहेक शिवाय केही छैन । कपडापसल मात्र होइन चाडपर्वको अवसर र अफरको मौका छोपेर नयांँ सामान खरीद गर्ने ग्राहकको संख्या पनि निकै कमी छ ।

७ बर्ष देखी नारायणगढको सहीद चोकमा ईलेक्ट्रोनिक्स पसल सञ्चालन गर्दै आएकी भगवती अर्यालले बजारमा मानिसहरुको चहलपहल बढेको देखिएपनि खरीद गर्न भने ग्राहक नआएको बताउंँछिन् ।

‘अफर र चाडवार्ड भनेर के गर्ने मान्छेसंँग पैसा हुनुपर्‍यो इच्छामात्र भएर भएन नि ।’ उनले भनिन् । जसका कारण अघिल्ला बर्षहरुमा चाडवाड नजिकिदा दैनिक २ लाख भन्दा बढीको व्यापार भएपनि हाल ४० हजारको व्यापार हुनपनि मुश्किल हुने उनको भनाई छ ।

चाडबाडको अवसरमा बिक्री हुने अन्य सामान प्रकृतिका पसलहरुमा पनि ग्राहकको उपस्थिति निकै कम छ । यस्ता अवसरमा भांँडावर्तन व्यापार राम्रै हुने गरेपनि हालको समयमा यो व्यवसाय पनि चल्न नसकेको व्यवसायीको गुनासो छ । जसका कारण उनीहरुलाई घरको भाडा तिर्न र बैंकको व्याज तिर्न पनि मुश्किल परेको छ ।

नारायणगढको प्रगती पथमा किचन स्टोर्स सञ्चालक रामचन्द्र चौधरीको गुनासो पनि उस्तै छ । बल्ल ‘बल्ल दिनभरीमा एकदुईजना ग्राहक आउंँछ । सोध्छ अनि फर्कन्छ ।’उनले भने । दैनिक ७० हजार भन्दा बढी भाडावर्तन हुने पसलमा अहिले १५ हजार पनि नहुने उनले बताए ।

मिलन रोडमा ५ बर्ष देखी फेन्सी पसल सन्चालन गर्दै आएका विपिन अर्यालको पनि पहिलेको जस्तो खुशी उनमा छैन । बोल्नपनि नभ्याउने उनको पसलमा अहिले ग्राहकको उपस्थीती न्युन छ ।

‘के गर्नु हाम्रो मात्रै होइन , संसारकै हालत यस्तो छ । चिन्ता गरेर त केही हुदैन । उनी चित्त बुझाउंँछन् । सरकारले पनि पटकपटक भीडभाड नगर्न, टीका ग्रहण आफ्नै घरमा गर्न आग्रह गरेकोले पनि ग्राहकको उपस्थिति पातलिएको व्यवसायीहरुको धारणा छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु