चितवनमा अनलाईन माध्यमबाट महसुल भुक्तानी गर्ने क्रम बढ्दो

अस्मिता पराजुली, 

चितवन – चितवनमा अनलाईन माध्यमबाट विभिन्न सरकारी कार्यालयलाई भुक्तानी गर्ने सेवाग्राहीको संख्या बढ्दै गएको छ । कोरोना भाईरस सक्रमणको जोखिमका कारण अनलाईन माध्यमबाट भुक्तानी गर्ने सेवाग्राहीको संख्यामा बृद्धि हुदै गएको हो ।

अनलाईनबाट भुक्तानी गर्दा कोरोनाको जोखिम कम हुने , घन्टौ लाईन बस्न नपर्ने, समयको बचत हुने भएकोले यसको प्रभावकारीता बढ्दै गएको छ । सेवाग्राहीले पछिल्लो समय अनलाईन भुक्तानी मार्फत महसुल तिर्दै आएको सरकारी कार्यालयहरुले बताएका छन् । अनलाइन  मार्फत खाने पानीको बिल, बिजुलीको बिल, इन्टरनेट तथा टेलिफोनको समेत महसुल भुक्तानी गर्ने गरेका छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर १० का देवेन्द्र रेग्मिले खानेपानी, विजुलीबत्ती, इन्टरनेट , टेलिफोनको महसुल अनलाइन भुक्तानी मार्फत तिर्दै आएको बताए । यसअघि कार्यालयमा गई महसुल तिर्दै आएको भएपनि लकडाउन पछि अनलाइनबाट महसुल तिर्दै आएको उनको भनाई छ ।‘पहिला त लाइनमा गएर तिर्थे , उनले भने,अहिले अनलाइनबाट भुक्तानी गरेपछि धेरै सजिलो भएको छ ।’

अहिले सबैको हात हातमा स्मार्ट मोबाइल र ईन्टरनेट हुन थाले पछि कार्यालयका लागि महसुल भुक्तानी गर्न अनलाइन बाट सजिलो भएको हो ।

भरतपुर महानगरपलिका वडा नम्बर ११ भोजाडकी साधना पौड्याल आफ्नो घरको बत्ती, पानीको बिल, लगायतका सम्पुर्ण बिल ई–सेवा बाट भुक्तानी गर्ने बताईन् । लकडाउन अघि कार्यालयबाट महसुल भुक्तानी गर्दै आएपनि अहिले ई–सेवा बाट महसुल भुक्तानी गर्दै आएकी हुन् ।उनका अनुसार लकडाउन र रोगको संक्रमणका कारण विगत ५ महिनादेखि भुक्तानी गर्दै आएकी छिन् । जोखिम पनि कम हुने समयको बचत र सजिलो पनि हुने । उनले भनिन् ।

सोही वडाकी अर्की सेवाग्राही कल्पना सुवेदीले बिजुली बिल र पानीको बिल अनलाईन भुक्तानी सेवा प्रदायक संस्था फोन पेबाट तिर्ने गरेको बताउंँछिन् । उनले लकडाउन भन्दा अघि आंशिक रुपमा अलाईन भुत्तानी प्रयोग गर्दै आएपनि ६ महिना यता नियमित रुपमा फोन पेबाट महसुल भुक्तानी गर्दै आएकी छिन् ।‘पहिला त अनलाईन भुक्तानी गर्न आउँथेन । लकडाउनलेनै सिकायो । घण्टौ लाइनमा पनि बस्नु पर्दैन ।’ उनले भनिन् ।

यस्तै भरतपुर महानगरपालिका वडा नम्बर १२ लक्ष्मी खाद्य उद्योगका संचालक सुनील देवकोटाले अहिले अनलाईन बाटै विद्युत तथा पानीको बिल तिर्दै आएका छन् । उनले लकडाउन भन्दा अघि खाने कार्यालय गएर तिर्ने गर्थे उनले भने, चैत यता सबैको बिल ई – सेवा बाट तिर्ने गरेको छु । नेट भए पछि पैसा तिर्न मिलिहाल्छ । कार्यालय गएर लाईन किन बस्नु ? अहिले बाहिर हिड्न नि डर छ ।’

अहिले विभिन्न सरकारी कार्यालयहरुले अनलाईन महसुल भुक्तानी मार्फत महसुल बुझाउने व्यवस्था गर्दै आएका छन् ।

खानेपानी बोर्ड, भरतपुरका निर्देशक प्रजापति दाहाले अहिले भरतपुरमा खानीपानीको बिल अनलाईन मार्फत तिर्नेको संख्या बढ्दै गएको बताउँछन् । ‘ई सेवा, फोन पे, मोबाइल बैकिङ्ग लगायत बाट महसुल तिर्ने गरेका छन् । लकडाउन हुन भन्दा अगाडी केही ग्राहकले अनलाइन बाट तिर्ने गरे पनि अहिले कोरोनाको महामारी पछि अनलाईनबाट महसुल बुझाउनेको सख्या बढेको दाहालको भनाई छ ।

उनका अनुसार लकडाउन अघि दैनिक खानेपानीको महसुल बुझाउने करीब डेढ सयको हाराहारीमा भएपनि हाल दैनिक दुई सय भन्दा बढी ग्राहकले अनलाइन बाट तिर्ने गरेका छन् ।खानेपानी बोर्डमा अहिले ३० हजार ६ सय भन्दा बढी ग्राहक रहेका छन् ।

२०६४ साल देखि भरतपुरमा खानेपानी वितरण प्रणाली संचालनमा आएको हो । बोर्डले अहिले महानगरको १ नम्बर वडादेखि १६ नम्बर वडासम्म पानी वितरण गर्दै आएको छ ।

त्यस्तै  विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश महतोले अहिले कार्यलयमा  विद्युतको बिल ‘ई सेवा, फोन पे, मोबाइल बैकिङ्ग लगाएतबाट महसुल तिर्ने गरेको बताएका छन् ।  उनले २० देखी २२ प्रतिशत ग्राहकले अहिले अनलाइन बाट महसुल भुक्तानी तिर्ने गर्ने गरेको बताए ।  भरतपुर विद्युतमा अहिले  ५८ हजार ग्राहक रहेका छन्  ।

पछिल्लो समय  नेपाल टेलिकम लगायतका सरकारी कार्यालयका सेवाग्राहीले अनलाईन भुक्तानी मार्फत महसुल बुझाउंँदै आएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु