सफल व्यवसायी शर्मिलाको जीवन संघर्षको कथा

अस्मिता पराजुली,

भनिन्छ सघर्ष गर्ने व्यक्ति कहिँलै हार्दैन । एक दिन उस्ले अवस्य सफलता हासिल गर्छ । जो कठिन परिस्थितिसँग जुधेर अगाडि बढ्दै जान्छ उसले जिन्दगीमा ठुलो सफलता हासिल गर्छ ।

जिम्मेवारी एउटा यस्तो चिज हो जसलाई हामीले कुशलतापूर्वक निभाउन सक्यौ भने अघि बढ्न सक्छौ तर त्यही जिम्मेवारीलाई बोझको रुपमा लियौ भने त्यो सधै बोझ नै हुने गर्छ । संघर्षले नै मानिसलाई समाजमा उदाहरणीय र प्रिय पात्र बनाईदिन्छ ।

प्राय मानिसहरु आफ्नो कर्तव्य र जिम्मेवारीबाट पन्छिन खोज्छन् भने कोही त्यही समस्यालाई जुध्दै अगाडी बढिरहेका हुन्छन् । यस्तै संघर्ष गरेर अगाडि बढिरहेकी एक व्यक्तित्व जो जिम्मेवारीबाट जुधेर अघि बढ्दै आज यहाँ सम्म आउन सफल पात्रको नाम हो, शर्मिला सेढाई ।

जिन्दगीका तिता मिठा सघर्ष गर्दै सफल बनेकी सेढाई आज एक अब्बल एवम् छुट्टै पहिचान बनाउन सफल व्यापारी बनेकी छन् ।

बुवा केशव सापकोटा र आमा जया सापकोटाको कोखबाट कान्छी सन्तानको रुपमा सेढाईको जन्म वि. स २०२८ साल भदौ २८ गते पोखरामा भएको हो । सुख सुविधामा हुर्केकी उनको एक दिदी र एक भाई थिए बाल्यकाल उनको रमाइलो सगै बित्यो । उनको बाल्यकालदेखी भविस्यमा पढेर ठुलो अफिसर बन्ने रहर थियो । अफिसर बन्न नसके पनि अहिले अफिसर भन्दा ठुलो व्यापारी बनेकी छन् ।

राम्रै पारिवारिक पृष्ठभूमिमा जन्मेकी सेढाईको कथा भने कुनै वियोगान्त चलचित्रको कथा भन्दा कम छैन । यहांँसम्म आउन उनले सयौं पहाड छिचोल्नु परेको छ । सानो परिवार सुखी परिवारमा जन्मेकी शर्मिलाले कुनै कुराको दु: ख र अभावको अनुभव नै भएन ।

उनले आई ए सम्म अध्ययन गरेकी छन् । आमा गृहिणी हुनुहुन्थ्यो भने बुवा पनि एक व्यवसायी नै हुनु हुन्थ्यो । उनको जन्म पोखरामा भए पनि बुवाको व्यापारको सिलसिलामा काठमाडौं जानु पर्‍यो । उनले प्राथमिक शिक्षा काठमाडौंको कन्या स्कुलमा पढिन् ।

उनको बाल्यकालदेखी भविस्यमा अफिसर बन्ने रहर थियो । हुनपनि सानैदेखि तीक्ष्ण , अब्बल शर्मिलाले अफिसर बन्ने सपना साध्नु कुनै ठूलो कुरा थिएन । उनी काठमाडौ गएको केही बर्षपछि भने व्यवसाय विस्तारको लागि उनको परिवार चितवन आउनु भयो ।

कक्षा पाँच पछि भने उनको शैक्षिक गन्तव्य बन्यो चितवन हाइस्कुल । त्यही विद्यालयबाट उनले २०४५ सालमा एसएलसी उत्तीर्ण गरिन् । तर त्यतिबेलाको परिवेष उनको एसएलसी गरेपछि भने घरमा बिहेको कुरा चल्न थाल्यो । बाबुले भनेपछि राम्रै ठाउंँबाट कुरा आएपछि नाई भन्ने कुरा पनि भएन । आखिर उनको बिहे २०४५ साल माघमा १७ बर्षको उमेरमा चितवन भण्डाराका नवराज सेढाईसँग भयो ।

उनको श्रीमान पनि एक व्यवसायी नै थिए । ‘बुबा व्यवसायी भएर होला उहाँले आफू जस्तै हैसियत भएका व्यवसायी घरमै कुरा छिनिदिनुभयो ।’ उनी विगत सम्झिन्छिन् । बिहे गरेपछि भने घरको काम , विभिन्न कारणले गर्दा पढ्ने ईच्छा हुँदाहुँदै पनि अध्ययनलाई गति दिन सकिनन् अनि आफ्नो अध्ययनलाई प्रवीणता तह पढ्दा पढ्दै बीचमै बीट मार्नुपर्‍यो ।

कुलघरानमै घरजम भएको उनको नयाँ जीवन हांँसी खुशी चल्दै थियो । यसको एकबर्षपछि उनले जेठा छोरा निर्देश सेढाईलाई जन्म दिइन् । त्यसपछि अर्को बर्ष फेरी उनको दोस्रो सन्तानको रुपमा छोरी निगम सेढाईको जन्म भयो ।

यति सानो परिवार हांँसि खुशी संँगै जीवन चल्दै थियो । विडम्बना तर त्यो खुशी धेरै समय टिक्नै सकेन । त्यो परिवारले अकल्पनीय घटना बेहोर्नु पर्यो । २०६१ सालमा शर्मिलाको श्रीमान अकस्मात विरामी भए । अस्पतालमा उपचारका लागि लगियो । डाक्टरहरुले पनि सकेको प्रयास गरे । तर किन हो उनीहरुको पुकार ईश्वरले पनि सुनेनन् । आखिर उनको श्रीमानले सदाको लागि छाडेर गए ।  त्यो घटना उनले न त बिर्सन सक्छिन् न सम्झन चाहन्छिन् ।‘म त्यो क्षण सपनामा पनि देख्न सक्दिन’ विपनामा सम्झिन पनि चाहन्न ।’उनी भक्कान्छिन् ।

तर भनिन्छ दुख कहांँ छैन , वेदना कहाँ छैन , समस्या कहांँ छैन अनि यो संसारमा अजम्बरीनै को छ र ? यही संसारको रीतलाई बुझेर होला उनले आँसुलाई आँटमा बदलिन , हिम्मत हारिनन् । आखिर परिवारको खम्बानै ढलेपछि घर , परिवार, ती साना बच्चाबच्चीको हेर विचार गर्ने जिम्मा उनको काँधमा आउने नै भयो ।

उनको आलो घाउ सन्चो हुन कत्तिपनि समय लागेन उनले श्रीमानको व्यवसायलाई नै निरन्तरता दिन सक्षम भइन् ।  बच्चाबच्चीको लालनपालन, परिवार, अर्कोतिर व्यवसायको भार ।’ उनले जीवनको अर्को मोड सम्झिन् ।

श्रीमानको निधन हुनु भन्दा अघि घर छाडेर बाहिर पनि ननिस्कने सेढाईलाई एक्कासी घर परिवार, व्यवसाय, कर्मचारी सबैको व्यबस्था मिलाउन समस्या नै थियो । तर उनले आट गरेर सबै सम्हाल्दै व्यवसायलाई अगाडि बढाईन् श्रीमान व्यवसायी भएको भएर उनलाई व्यापारमा नै मोह बस्यो ।’

तंँ आंँट म पुरयाउंँछु भने झै उनी समस्याबाट कहिल्यै पछि हटिनन् । विचलित भइनन् । उनले आफ्नो व्यवसायलाई स्थापित गराएरै छाडिन् । त्यसैले पनि आज सम्म पनि एकल महिला भएर पनि व्यवसायमा उत्तिकै सक्रिय छिन् ।

श्रीमान गुमाउनुको पीडा नसेलाउंँदै उनको परिवारमा झमेला शुरु भइहाल्यो । पैसाको अगाडी महादेवको पनि त्रिनेत्र हुन्छ भनेझै उनकै घर परिवारले उनलाई जग्गा जमिन सम्पतिको दाबी गर्दै मुद्दा हाले तर उनी डगमगाइनन् । ‘म सधै सत्यको पक्षमा थिएंँ, आखिर मैले मुद्धा लडेरै जितें ।’उनी गर्व गर्छिन् । पारिवारिक तथा समाजले हौसला र सहयोग दिनुको सट्टा अनेक कुरा गरेर दुख दिएको त्यो घटनालाई सम्झदा उनी आज पनि दुखी हुन्छिन् ।

व्यवसायमा इमान्दारिता, लगनशीलता लाई शिरोपर राख्ने उनी अहिले सेढाई होल्डिंगकी डाईरेक्टर हुन भने उनको चितवनमै दुई वटा पेट्रोल पम्प पनि सञ्चालनमा छ्न् । चितवन पेट्रोलियम डिलक्स एसोसिएसनको उपाध्यक्षको पदमा रही विभिन्न कामहरु गर्दै आईरहेकी छन् त्यती मात्रै होइन उनका छोरा निर्देश सेढाईले पनि सानै उमेर देखि आफूलाई स्थापित गर्न सफल भएका छन् ।

हाल छोराले अटो मोबाईल व्यापारी बनेका छन् । सफल आमाका छोरा निर्देश पनि अहिले छुट्टै पहिचान बनाउन सफल भएका छन् । अहिले दुवै बिच आमा छोराको सम्बन्ध छदै छ एक राम्रो विजनेश पार्टनरका रुपमा पछि स्थापित भैसकेका छन् ।

‘मैले अहिले विगतका दुःख पीडा बेदना विर्सन सकेकी छु, एक किसिमले सफल पनि भएकी छु विगत र बर्तमानको तुलनामा पछी फर्केर हेर्दा धेरै परिवर्तन र धेरै उपलब्धी हासिल गरेकोमा उनी निकै खुशी छन् । केही बर्ष अघिमात्र आफ्नी छोरीलाई डाक्टर पढाएर बिहे समेत गरिदिएकी छिन् । हाल छोरीको परिवार अमेरिकामा बस्दै आएका छन् भने आमा छोरा भएर यहांँ व्यवसाय चलाउँदै आएका छन्  ।आमाको सघर्ष र लगाब देखेर छोरा छोरी पनि निकै गर्भ गर्छन् ।

व्यवसाय सम्हाल्ने क्षमता मात्र छैन शर्मिलामा सामाजिक क्रियाकलापमा पनि उत्तिकै सक्रिय छिन् । उनी विभिन्न सामाजिक संस्थामा रहेर गरीब दुःखीको पनि सेवा गर्दै आइरहेकी छिन् ।

उमेरले ५० बर्षपनि नटेकेकी उनमा व्यवसाय र समाजसेवा गर्न उत्तिकै उर्जावान देखिन्छन । अबका केहीबर्ष व्यवसायमै सक्रिय रहने बताउने शर्मिला जीवनको बाँकी समय समाजसेवामा बिताउने प्रण गर्छिन् ।

जिन्दगीमा आट, भरोसा, जिम्मेवारी लिएर अघाडी बढ्यौ भने जित अवस्य हासिल गर्न सकिन्छ । सबैभन्दा ठुलो इच्छा चाहना हुनुपर्छ त्यो शर्मिला सेढाईको जीवनबाट हामीले देख्न सक्छौ आज जसरी शर्मिला सेढाई समाजमा एक सफल उदाहरण व्यक्तित्व भएकी छन् । अहिलेपनि कतिपय शिक्षित महिला चुलो चौकामै सिमित रहेको बेला र लाखौ युवा विदेशमा श्रम गर्न जानुपर्ने बाध्यताबाट छुटकारा पाउन पनि त्यस्ता जमातले शर्मिलाको संर्घषबाट पाठ सिक्ने बेला आएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु