चितवन – चितवनमा जारी निषेधाज्ञा भदौ ३१ गतेसम्म लम्बाउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज (शुक्रबार) बसेको बैठकले निषेधाज्ञा भदौ मसान्तसम्म थप्ने निर्णय गरेको हो । निषेधाज्ञा थप गरिए पनि केही क्षेत्रलाई भने खुकुलो गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारीनारायण प्रसाद भट्टराईले जानकारी दिए ।
के खुल्छ ?


– किराना पसल, निर्माण सामाग्री सम्बन्धी व्यवसाय तथा ढुवानी, बिजुली तथा भाडाकुडाका पसल, कपडा तथा फेन्सी पसल बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाइने
– कृषि उत्पादन तथा कृषि उत्पादन ढुवानीमा प्रयोग हुने सवारी साधन
– लामो तथा छोटो दुरीका मालबाहक सवारी साधन
– दम्कल, एम्बुलेन्स, शव बहान, अन्तिम संस्कारका लागि प्रयोग हुने साधन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीले प्रयोग गर्ने सवारी साधन तरकारी फलफुल तथा दुध ढुवानीका सवारी साधन
-पेट्रोल पम्प, ग्यास डिपो औषधी पसल
– स्वास्थ्य संस्था र अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालयहरु
-आलोपालो प्रणालीमा ५० प्रतिशत कर्मचारी उपस्थित हुने गरी बैंक तथा वित्तिय संस्थाहरु (मनिट्रान्स्फर र सहकारी समेत)
-सुरक्षा मापदण्ड अपनाएर अनावश्यक भिडभाड नहुने गरी कार्यालयबाट नियमित सेवा संचालन
– परिवारका सदस्य मात्र सहभागी हुने गरी परम्परागत रुपमा गरिने नित्य पूजा
के खुल्दैन ?
– किराना, निर्माण सामाग्री सम्बन्धी व्यवसाय तथा ढुवानी, बिजुली तथा भाडाकुडा, कपडा तथा फेन्सी बाहेकका पसलहरु खोल्न नपाईने
-अत्यावश्यक बाहेकका सवारी साधन (दुई पाँग्रे र चार पाँग्रे) सबै चलाउन नपाईने
– धार्मिक साँस्कृतिक र सामाजिक (विवाह,व्रतबन्ध) जस्ता जमघट हुने कार्यहरु
– मेला, महोत्सव, जात्रा, जुलुस जस्ता भिडभाड हुने क्षेत्र
– होटल तथा रेष्टुरेन्टहरु खोल्न नपाईने
– कन्ट्याक ट्रेसिङमा परेका र पिसिआर परीक्षणका लागि स्वाब दिएकाहरु रिपोर्ट नआउँदासम्म हिंड्न नपाईने
-अनलाइन कक्षा संचालन बाहेक शैक्षिक संघ संस्था खोल्न नपाईने
-सबै प्रकारका तालिम गोष्टी, तालिम सेमिनार गर्न नपाईने
-सिनेमा हल, स्विमिङ पुल, जिमखाना, ब्युटी पार्लर, सैलुन, फुटसल
-खुल्ला ठाउँ, फुटपाथ र ठेलामा गरिने व्यापार
यस्तो छ निर्णय :