संविधान संशोधनको प्रस्ताव संसद्मा लैजाने निर्णय
काठमाडौं – सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको एक नेताले बताए । नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि संविधानमा रहेको निशान छापभित्रको नक्सा परिवर्तनका लागि संविधान संशोधन आवश्यक पर्छ ।
संविधान संशोधन संसदको दुई तिहाइले पारित गर्नुपर्ने हुन्छ । सरकारले ल्याएको नयाँ नक्सा कार्यान्वयनका लागि संविधानमा रहेको निशान छापभित्रको नक्सा परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने भएकाले संविधान संशोधन प्रस्ताव संसदमा लैजाने निर्णय भएको ती मन्त्रीले जानकारी दिए ।सरकारले ल्याएको नयाँ नक्सा बुधबार सार्वजनिक पनि भइसकेको छ । जसमा भारतले आफ्नो बनाएको नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको छ ।
तपाइँको प्रतिक्रिया