अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो, स्पेन र इटलीमा बढ्यो
एजेन्सी – कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ५३ हजार एक सय ६६ पुगेको छ । पछील्लो २४ घण्टामा मात्रै विश्वभर ५ हजार ९ सय ७४ जनाको ज्यान गएको छ ।
कोरोनाको संक्रमणबाट अमेरिकामा एकै दिन ९६८ जना ज्यान गएको छ । यो अघिल्लो दिनको तुलनामा कम हो । अघिल्लो दिन एक हजार ४९ जनाको ज्यान गएको थियो । हालसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ८ सय ७७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा २९ हजार ८ सय ७४ जना नयाँ संक्रमित थपिएका हुन् ।
उता स्पेन र इटालीमा भने पछील्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्य बढेको छ । कोरोनाको संक्रमणबाट स्पेनमा एकै दिन ९ सय ६१ जनाको ज्यान गएको छ । अघिल्लो दिन स्पेनमा ९ सय २३ जनाको ज्यान गएको । यो सँगै स्पेनमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३ सय ४८ पुगेको छ ।
हालसम्म स्पेनमा कोरोना संक्रमितको संख्या १ लाख १२ हजार ६५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ७ हजार ९ सय ४७ जना नयाँ संक्रमित थपिएका हुन् ।
यस्तै इटलीमा पनि पछील्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्य बढेको छ । कोरोना भाइरसको संक्रमणबाट इटलीमा पछील्लो २४ घण्टामा मात्रै ७ सय ६० जनाको ज्यान गएको छ ।
यो सँगै इटलीमा मृत्यु हुनेको संख्या १३ हजार ९ सय १६ पुगेको छ । हालसम्म इटालीमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार २ सय ४२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै इटालीमा ४ हजार ६ सय ८८ जना नयाँ संक्रमित थपिएका हुन् ।
तपाइँको प्रतिक्रिया