प्रधानमन्त्री प्रचण्ड दाँत देखाउन वीर अस्पतालमा
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको उपचार गराउन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल पुगेका छन् ।
बुधवार बिहानदेखि नै दाँत दुखाई सुरु भएपछि चेकजाँच तथा उपचारका लागि वीर अस्पतालमा पुगेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
उनका अनुसार वीर अस्पतालमा रहेको भीभीआईपी कक्षमा अस्पतालका डा. ऋतु श्रेष्ठ नेतृत्वको टोलीले चेकजाँच तथा उपचार गरिरहेको छ ।
प्रायजसो भीभीआईपी सानोतिनो समस्या देखिए पनि निजी र महँगा अस्पतालमा पुग्ने गरेको भए पनि प्रधानमन्त्री प्रचण्ड सरकारी अस्पतालमा नै पुगेर चेकजाँच तथा उपचार गराएका हुन् ।
भीभीआईपी उपचारमा नजाने भएका कारण वीर अस्पताल लगायत सरकारी अस्पतालमा रहेका भीभीआईपी उपचार कक्ष उपयोग विहीन जस्तै हुँदै आएका छन् ।
तपाइँको प्रतिक्रिया