इक्यान चितवनद्वारा माता तिर्थ औंशीको अवसरमा देवघाटको बृद्धाश्रममा खाद्यान्न तथा फलफूल वितरण
चितवन – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवनले देवघाटको बृद्धाश्रममा खाद्यान्न, फलफूल, मिठाई तथा टि-सर्ट वितरण गरेको छ । आज (बुधबार) माता तिर्थ औशीं अर्थात् आमाको मुख हेर्ने दिनको विशेष अवसरमा इक्यानले रोटरी करुणालय बृद्धाश्रम तथा थाहा सदावर्त देवघाटमा रहेका ज्येष्ठ नागरिकलाई उक्त सामाग्री वितरण गरेको हो ।
इक्यान चितवनका अध्यक्ष दिपकचन्द्र भट्टराईले माता तिर्थ औंशीको अवसरमा बृद्धाश्रममा आएर सानो भए पनि सहयोग गर्न पाउदा खुशी लागेको बताए ।
इक्यानले आश्रममा रहेका ज्येष्ठ नागरिकलाई फलफुल, मिठाई, टि- सर्ट र एक छाक खाना खुवाएको हो । इक्यानले बिगतका बर्षहरुमा विभिन्न सामाजिक कार्यसंगै यस्ता कार्यक्रम गर्दै आएको बताउँदै यसलाई निरन्तरता दिँदै जाने उनले बताए ।
कार्यक्रममा इक्यान चितवनका सदस्य मेघराज कडेलले आमाको बारेमा कविता वाचन गरेका थिए । साथै उनले बृद्धाश्रममा आश्रित आमाबुबाहरूको सु–स्वास्थ्य एवम् दीर्घायुको कामना गरे ।
त्यस्तै देवघाट आश्रमका व्यवस्थापक बिष्णु सापकोटाले माता तिर्थ औशींको अवसरमा आश्रममा रहेका बुवाआमलाई सम्झिनु भएको भन्दै खुशी व्यक्त गरे । विभिन्न सामाजिक संघ संस्थाको सहयोगमा आश्रम चलिरहेको बताउँदै पछील्ला दिनहरुमा पनि आश्रमलाई यसरी नै माया गरिदिनुहुन आग्रह गरे ।
२०५७ सालदेखी सन्चालनमा आएको उक्त आश्रम ४२ क्षमताको रहेको छ भने हाल सो आश्रममा २० जना बृद्धा र १४ जना बृद्ध गरी ३४ जना आश्रित छन् ।
कार्यक्रममा इक्यान चितवनका उपाध्यक्ष प्रज्वल पौडेल, इक्यान चितवनका सदस्य शिशिर रेग्मी, गुरु तिवारी, इक्यान कार्यलय सचिव अप्सरा सापकोटा लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रम इक्यान चितवनका कोषाध्यक्ष लक्ष्मण कडेलले सन्चालन गरेका थिए ।
तपाइँको प्रतिक्रिया