रोनाल्डो पनि क्वारेन्टाइनमा

एटुजेड समाचार

एजेन्सी – विश्वभर नै फैलिरहेको कोरोना भाइरसले फुटबलमा पनि प्रभाव पारिरहेको छ । कोरोनाकै कारण इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा बसेका छन् ।

युभेन्ट्सका रोनाल्डोका सहकर्मी डेनिली रुगानीलाई करोना संक्रमण भएको पुष्टि भएपछि रोनाल्डोले घरमै क्वारेन्टाइनको नियम पालना गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी आमालाई भेट्न पोर्चुगलको मडेरा पुगेका थिए ।

इटाली फर्कनुअघि उनले क्वारेन्टाइममा बिताउनु पर्ने भएको हो । आइतबार इन्टर मिलानलाई पराजित गरेपछि डेनिलीले टोलीको सामूहिक तस्बिर सार्वजनिक गरेका थिए ।

जसमा टोलीका अन्य सदस्यसँगै रोनाल्डो पनि रहेका छन् । डेनिलीसँगै रोनाल्डो र अन्य खेलाडीले एउटै ड्रेसिङ रुम प्रयोग गरेकाले पनि सबै खेलाडीलाई क्वारेन्टाइमा राखिनु पर्ने बताइएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु