चितवनमा कोरोनाको असर : सरकारी कार्यालयमा सेवाग्राहीको चाप घट्दै

एटुजेड समाचार

सूर्यप्रसाद अधिकारी ,

चितवन – विश्वकै चुनौतिको रुपमा रहेको कोरोना भाइरसको असर विभिन्न देश र क्षेत्रमा परेसंँगै चितवनमा पनि पर्न थालेको छ । लगातार तीनसम्म सार्वजनिक विदा हुदाँपनि चितवनका सरकारी कार्यालयमा मंगलवार सेवाग्राहीको उपस्थिति न्यून देखिएको छ । प्राय दैनिक चाप हुने जिल्लाका मालपोत कार्यालय, विद्युत कार्यालय, राजश्व कार्यालय, प्रशासन कार्यालय, यातयात व्यवस्था सेवा कार्यालयमाा सेवाग्राही पातलो उपस्थिति रहेको पाईएको छ । कोरानाको सन्त्रासको कारण र दैनिक आर्थिक गतिविधिनै सुस्त भएपछि यसको असर सरकारी कार्यालयमा समेत परेको हो ।

आन्तरिक राजश्व कार्यालय, भरतपुरका कर अधिकृत कपिल नेपाल कोरानाको सन्त्राससंँगै एकहप्ता देखिनै सेवाग्राहीहरु घट्दै गएको बताउंँछन । ‘तीनदिन लगातार विदा भयो, मंगलबार सेवाग्राहीको चाप बढ्छकी भन्ने सोचेको त्यस्तो पाइएन ।’ उनले भने । देशभर आर्थिक गतिविधि सुस्तभएसंँगै चहलपहलनै कम भएको उनले बताए ।

यस्तै अवस्था अर्को सेवाग्राहीको चाप हुने कार्यालय यातायात व्यवस्था सेवा कार्यालयमा पनि परेको छ । कार्यालयका प्रमुख सुवास उप्रेती केही दिन अघिदेखि सेवाग्राहीको चाप क्रमश घट्दै गएको बताउंँछन । ‘आज त सेवाग्राहीको चाप ठिकैनै छ , उनले भने । आज बुधबारदेखि सेवाग्राहीको चापमा ह्वात्तै कमी आउन सक्ने उनको भनाई छ । कोरानाको सन्त्रासको कारण सेवाग्राहीसंँग प्रत्यक्ष सम्पर्क हुने कर्मचारीमा समेत मनोवैज्ञानिक असर समेत परेको उनले बताए ।

सरकारले कोरानाबारे सचेतना गराएसँगै बजारक्षेत्र , सार्वजनिक क्षेत्र र अन्य भीडभाड हुने क्षेत्रमा मानिसको उपस्थिति निकैनै कम छ । मालपोत कार्यालय,भरतपुर नजिक लेखापढीको काम गर्ने गोपाल कँंडेल गतहप्ता भन्दा मंगलबार सेवाग्राही निकैनै कम भएको बताउंँछन । ‘मैलै अघिल्ला दिनहरुमा बिहान ९ बजेनै पसल खोल्थे’ उनले भने , तीन दिन लगातार विदा हुंँदा पनि ग्राहकको चाप नहुंँदा ढिला खोलेंँ ।’ अबका दिनहरुमा क्रमश सेवाग्राही कम हुदै जाने उनको तर्क छ ।

विद्युत कार्यालय, भरतपुर लेखा अधिकृत चिरञ्जीवी शर्मा विद्युत कार्यालयमा यसअघि सेवाग्राहीको लामै लाम भएपनि हिजोआज कमनै मात्रमा सेवाग्राही आएको बताउंँछन । ‘सडक बजारमा समेत मानिसको चहलपहल कम छ, उनले भन,े यसको असर यो कार्यालयमा पनि स्वतः परिहाल्छ ।’ विद्युत महसुल तिर्ने लगायतका काम को विकल्प खोज्दै्र सेवाग्राहीले अनलाइन भुक्तानी धेरै गर्न थालेको उनको भनाई छ । जिल्लाका प्रशासनिक काम लगायत अन्य काम हुने जिल्ला प्रशासन कार्यालयमा समेत सेवाग्राहीहरु मंगलबार उल्लेखनीय रुपमा आएनन ।

कार्यालयका सूचना अधिकृत ईश्वर सिंखडा भन्छन ‘जति सेवाग्राहीको फ्लो हुने अपेक्षा गरिएको त्यस्तो चाप त भएन । ठ्याक्कै यसको असर तुरुन्त भने देखिदैन ।’ उनका अनुसार आगामी दिनमा आउने सेवाग्राही र यो महिनाको काम र उपलब्धी हेरेर यसको आंकलन गर्न सकिनेछ । सरकारी निकायले देशका अन्र्तराष्ट्यि उडान कटौती, दैनिक हुने सभा सम्मेलन, तथा अन्य भीडभाडबाट अलग हुन आग्रह गरेसँगै यसको असर हरेक क्षेत्रमा पर्न थालेको उनीहरुको भनाई छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू