सन्दीपको मुद्दा नहेरिएपछि ज्ञानेन्द्र शाहीले भने, सिँहलाई पिजडामा थुनेर कसरी सिकार गर्न सक्छौ
काठमाडौं- सन्दीप लामिछानेको मुद्दा सुनुवाइमा आज पनि नहेरिएपछि राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले पनि असन्तुष्टि पोखेका छन् । आइतबार पेशी तोकिए पनि ‘हेर्न नमिल्ने’ सूचीमा मुद्दा परेपछि उनले ‘सिँहलाई पिजडामा थुनेर कसरी सिकार गर्न सक्छौ’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेकी हुन् ।
उनले लेखेका छ्न्, नेपालमा कानुनी राज्य छ कि छैन ? यदि छ भने अदालतमा एउटा अन्तर्राष्ट्रिय खेलाडीको मुद्दा फैसला गर्न बारम्बार किन रोकिन्छ ? सिँहलाई पिजडामा थुनेर कसरी सिकार गर्न सक्छौ राष्ट्रघाती देशद्रोही पापिहरु हो ?
आइतबार सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो ।पहिलो नम्बरमा परेको उक्त मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको हो ।
उनको भनाई यस्तो छ,
तपाइँको प्रतिक्रिया