प्रचण्डलाई माधवको कटाक्ष – ‘प्रधानमन्त्रीज्यूको तमासा मात्रै हेरेर बसेका छौँ

एटुजेड समाचार

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कटाक्ष गरेका छन् । 

शनिबार शनिबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित जनयुद्धका चिठी र कालिकोट नामक पुस्तक विमोचन क्रममा अध्यक्ष नेपाल र प्रधानमन्त्रीबीच भेट भएको थियो । 

पुस्तक विमोचनपछि नेपालले बोल्ने पालो आएको थियो । 

त्यसपछि उनले भने, ‘प्रधानमन्त्रीज्यू अत्यन्तै बिजीहुनुहुन्छ, राष्ट्रिय राजनीतिमा उहाँ जति व्यस्त कोही हुनुहुन्न होला, हामी त तमासा मात्रै हेरेर बसेका छौँ । हामी यो सबै घटनालाई नियालिरहेका छौँ, नेपालको राजनीतिकले कुन कोर्स लिएर जाने हो।’

उनले देशमा स्थायित्व कायम हुनुपर्ने बताउँदै कम्युनिस्टहरूबिचको एकता र समझदारी नयाँ उचाइ हुनुपर्ने बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू