राजपाद्वारा छठ पर्वको शुभकामना
काठमाडौँ, कात्तिक १६ – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले छठ पर्वका अवसरमा शुभकामना दिँदै मुलुकको दिगो विकास, प्रगति र समृद्धिको बाटोमा अग्रसर हुन सबैमा प्रेरणा मिलोस् भनी कामना गरेको छ ।
राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले आज एक विज्ञप्ति जारी गरेर छठको अवसरमा मुलुकका विद्यमान सारा राजनीतिक समस्याको समाधान भई आर्थिक समृद्धिको यात्रालाई सार्थक बनाउन सबैको ध्यान जानुपर्नेमा जोड दिएका छन् ।
राजपाले छठका अवसरमा विश्वभरि छरिएर रहेका सम्पूर्ण नेपाली तथा मानव जातिको कल्याण तथा सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामनासमेत व्यक्त गरेको छ ।
तपाइँको प्रतिक्रिया