विश्व रेविज दिवसको अवसर पारेर रामपुरमा पोस्टर आर्ट प्रतियोगिता सम्पन्न
असोज ३, चितवन : विश्व रेविज दिवस २०१९ को अवसर पारेर कृषि तथा वन विज्ञान विश्वविद्यालयमा नेपाल भेटेरिनरी विद्यार्थी एसोसिएसन, रामपुर,चितवनले नेसनल पोस्टर आर्ट कम्पिटिसन २०१९ को आयोजना गरेको हो । नेभिविए अन्तर्गतको रिसर्च एण्ड एक्स्टेन्सन कमिटीद्वारा आयोजित उक्त कार्यक्रममा कृषि र वन विज्ञान विश्वविद्यालय र नेपाल पोलिटेक्निक ईन्स्टिच्युटको सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य उद्देश्य सम्पूर्ण विद्यार्थीहरुमाझ रेविज रोगसम्बन्धी अन्तरक्रिया गर्नुका साथै विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउनु रहेको कुरा ने भे वि ए का अध्यक्ष विशाल पाठकले बताए ।
त्यस्तै रेविज सम्बन्धी जनचेतना जगाउन स्कुल कार्यक्रम, सामाजिक संघसंस्था जागरण अभियान लगायत पशुहरुमा निःशुल्क रेविज विरुद्धको खोप लगाउने कार्यक्रम रहेको कुरा रिसर्च एण्ड एक्स्टेन्सन कोर्डिनेटर बालकृष्ण पाण्डेले जानकारी दिए । प्रतियोगितामा युमी शाक्य र परिक्षा गुरुङ प्रथम स्थान, दोस्रो स्थान लक्ष्मण गौतम र तेस्रो स्थान अन्जु शर्माले हाशिल गरेका हुन । विजेताहरुलाई क्रमस रु ५०००, ३००० र २००० प्रदान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. होम बहादुर बस्नेत रहेका थिए भने प्रोग्राम कोर्डिनेटरको भूमिकामा सक्षम पाण्डे रहेका थिए। पशु स्वास्थ्य र कल्याणको क्षेत्रमा निरन्तर लागिरहने कुरा ने भे वि ए ले जनाएको छ।
तपाइँको प्रतिक्रिया