‘कबड्डी ३’ को बम्पर ओपनिङ : देशभर करिब डेढ करोडको ब्यापार, चितवनमा मात्रै १० लाख
चितवन, असोज ३ – आज (शुक्रबार) बाट प्रदर्शनमा आएको बहुप्रतिक्षित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ वर्षकै बम्पर ‘ओपनिङ’ गरेको छ । प्रदर्शनमा आएको पहिलो दिननै देशभरका सिंगल र मल्टिप्लेक्समा चलचित्रले दर्शकको ठुलो साथ पाएको छ । चलचित्रले आज देशका सबैजसो हलमा हाउसफुलको व्यापार गरेको छ । ‘कबड्डी कबड्डी कबड्डी’ ‘छक्का पन्जा ३’ पछि सबै भन्दा ठुलो ‘ओपनिङ’ गर्ने चलचित्र भएको छ ।
संविधान दिवसको दिन आज सार्बजनिक बिदाले गर्दा पनि चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ले राजधानीको मल्टिप्लेक्सहरु तथा गोपी,अष्टनारायण, गुण, गंगालगायतका सिंगल हलमा फिल्म हेन्रे दर्शकको ठुलै भिड लागेको थियो ।चलचित्रले राजधानीभित्र झैँ बाहिरका मेजर स्टेशन नारायणगढ, पोखरा, हेटौँडा, बुटवल, बिर्तामोड सबैतिर उत्तिकै मात्रामा दर्शकको साथ पाएको छ ।
चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ आज चितवनमा मात्रै १० लाख हाराहारीको व्यापार गरेको छ भने पोखरामा यसको नजिकको व्यापार गरेको छ । प्छिल्लो समय नेपाली फिल्म हेर्ने दर्शकको संख्या घटेको बेला ‘कबड्डी कबड्डी कबड्डी’ दर्शकको घुइचो नै लागेको थियो ।
चलचित्रले आज शुक्रबार मात्रै एक करोड ४७ लाख माथिको व्यापार गरेको अनुमान गरिएको छ।चलचित्रलाई दर्शकले राम्रो बनेको प्रतिक्रिया दिएका छन् भने भोलिको दिन बाट चलचित्रको व्यापार अझै बढ्ने संकेत देखिएको छ ।
तपाइँको प्रतिक्रिया