दशैँमा एक जना १८ हजार ५ सय रुपैयाँ बराबरका मात्रै नयाँ नोट पाउने, कहिले र कहाँ पाइन्छ ?
काठमाडौं, असोज ३ – नेपाल राष्ट्र बैंकले यस पटकको दशैँमा एक जना व्यक्तिले १८ हजार ५ सय रुपैयाँ बराबरका मात्रै सुकिला तथा नयाँ नोट पाउने जनाएको छ । बैंकले सुचना निकालेर एक जनाले पाँच, दश, बीस, पचास र एक सयका एक–एक बन्डलका दरले १८ हजार ५ सय रुपैयाँ बराबरका नोट साट्न पाउने राष्ट्र बैंकले जनाएको हो ।
असोज १० गतेदेखि १७ गतेसम्म नयाँ तथा सुकिला नोट वितरण गरिने बैंकले जनाएको हो । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग नेपालगञ्ज, पोखरा, धनगढी, विराटनगर, वीरगञ्ज, सिद्धार्थनगर र जनकपुरबाट नोट साट्न सकिने जनाएको छ । काठमाण्डौमा भने राष्ट्र बैंकका साथै सबै सरकारी बैंकका शाखाबाट नयाँ नोट लिन सकिनेछ ।साथै निजी क्षेत्रका विभिन्न वाणिज्य बैंक तथा वित्तीय संस्थाले पनि नयाँ नोट उपलब्ध गराउनेछन् ।
तपाइँको प्रतिक्रिया