यस सिजनको ए डिभिजन लिग मंसिर २८ गतेबाट
काठमाडौं, भाद्र २० – नेपाली फुटबलको मेरुदण्डको रुपमा लिईने शहीद स्मारक ए डिभिजन लिग आउँदाे मंसिर २८ गतेबाट शुरु हुन्र भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस सिजनको लिग मंसिर २८ गतेबाट शुरु हुने जानकारी दिएको छ ।
एन्फाले अर्को संस्करणको लिगको मिति पनि घोषणा गरेको छ । अर्को संस्करणदेखि लिग नोभेम्बर एक तारिखदेखि सञ्चालन हुनेछ । अघिल्लो संस्करणको लिग रेलिगेसनबिनाको भएका कारण एन्फाले त्यसलाई वार्मअप लिग भनेको थियो । यो संस्करणदेखि लिगमा रेलिगेसन पनि हुनेछ ।शहीद स्मारक ए डिभिजन लिगमा १४ वटा क्लबहरुको सहभागिता रहनेछ ।
तपाइँको प्रतिक्रिया