“कन्यादान”
भाद्र ५ – जन्ती आईपुगे….। घरै मुनतिर, डिलको छेउमा केराको खम्बाको गेट बनाएको छ। छेऊ -छेउमा तामाको गाग्रीमा फूल हाली कलश बनाई सजाईको छ। सबै जाना गेटमा झुम्मीन गए। रातो कपडामा सेतो रूवाले “शुभ बिवाह” लेखिएको छ। साना – साना केटाकेटीहरू खुब मजाले उफ्री राछन। नरसिगा र दमाह बाजाको आवाज, …मेरो कानमै आएर रोकीयो। म झसंग झस्के। आज मेरो बिवाह हुदैछ।
मलाई सपना जस्तो लागि राछ । झ्यालको प्रदा बिस्तारै म तिर ताने। बाहिर हेरे। आईमाईहरू एक आपसमा काने खुसी गरि रहेका छन। सायद मैरे कुरा काटी रहेका छन् । सेतो फेटा टाउकोमा बाधेर हात जोडेर बसी रहेका छन बाबा । कमसेकम कमेज त लाउनु। यस्तो भनि रहदा, जनै मात्रा प्रष्टै देखे । पुरोहित मन्त्र पढ़दै गर्दा बोले। बेहुलीलाई बाहिर ल्याउनु पर्यो । मैले झ्यालबाटै सुने। झ्यालको प्रदा बन्द गरे। अनुहार बाट खुन चुहिएला झै भयो। मौन रहे….। बसेको ठाँउबाट उठ्न मन लागेन। रिंगाटा लाग्यो। कोही जन्ती हेर्न जाऊँ भन्दै थिए। कसैले बेहुलालाई हेर्दै छि :बुढो जस्तो देखिने भन्दै थिए। आँखा बन्द गरे।
छोरी….?????? !!! टाउको उठाए। आँखा खोले। काकी रहेछिन्। कोठामै आईपुगेछिन । कुदेर काकीलाई अंगालो हाले। खुब रून मन लाग्यो। साईनोले काकी भन्छु। तर मेरो आफ्नै काकी चै होईन। मलाई औधी माया गर्छिन। जन्ती आईसके। तिमीलाई लिन आएको। मेरो आँखाको आशु पुछ्दै सम्झाईन। म सुक्क – सुक्क रूदै छु। एक दिन पराईको घर जानै पर्छ। छोरी भए पछि सधै कँहा माईत मै बस्न पाईन्छ र? हिड जाऊँ। पिर नमान बा: ….!!! म भेट्न आई रहन्छु। काकीले हातमा समातीन्। बिस्तारै बाहिर लगिन।
हातमा फूलको माला राखीदिईन्। बाजाको आवाज संगै म बेहुला तिर नजिकिदै छु। एक हूल आईमाईहरू हुरूरू रू…. मलाई हेर्दै गए। कस्तो हँसीलो हुन सकेकी? हाम्रो पालामा बिहे गरेको एक बर्ष सम्म बुढोलाई हेरीएन। एउटी बोली हाली। मलाई बेस्सरी रीस उठ्यो। पुलुक्क हेरी दिए। फेरी घोप्टो परे। बेहुलाको अगाडी नै पो आईपुगेछु। आतिए….!!! उसले एक छिन मेरो अनुहारमा हेर्यो । मैले चै त्यो आट गरिन। लु अब !! बेहुलीले बेहुलालाई माला लगाई दिनु पर्यो। मंत्र पढ़दै फेरी पुरोहित बोले। मलाई च्वास्स मुटुमा बिझेर आयो। अब मेरो सम्पूर्ण जिवन समाप्त भयो झै लाग्यो। कस्तो मान्छेहरू…???? मन मनै गाली गरे। मलाई लाज पनि लाग्यो। बेहुलालाई माला लगाई दिदै गर्दा भाउन्न रिंगाटा लागेर आयो। बिहान देखी खाली पेट छ। केही खाना दिएका हैनन्। पुरै अन्धकार भए झै भयो। फनक्क पछाड़ी फर्के। काकीले हात समातेर भित्र लगिन। खाटमा पल्टे।
सास रोकिएला झै भयो। चिसो पानी घट .. घट पिए। एक हूल केटीहरू हवार हवारती कोठमा छिरे। कसैले हातमा चुरा लगाउन थाले। कसैले सिंगारन थाले। म अब पुरै बेहुली भए। बिवाह मण्डपमा बसाईयो। कन्यादान गर्दै गर्दा कोईराला बाको श्लोकले मन नै थामिएन। रूएछु। बाबा पनि रोएछन। सबैले बिदाई गर्दै थिए।
गीत बजी रहेको थियो। मेरो मन गीत तिर मोडियो। “तिजमा तिहारमा आउँदा बहिनी माईतीलाई सम्झनु…..” मन उडयो। एक्लो महसूस गरे। अब जान्छौ ,.. भन्दै बेहुलाको बाउले आज्ञा मागे। बाट-बाटामा चामल र ढक्की पैसा देखियो। शंखको आवाज सुनियो। हामी सुस्त गतिमा अघि बढ्दै छौ। लास देखेको त राम्रो साईत रे!!!!!! बेहुलाको बाउ बोली हाले। सबैले त्यसै भन्छन। अर्को जन्तीले थप्यो। हैन को मरेछ…. ? बेहुलाको मुखबाट फुत्त निस्की हालो। फेरी लामो शंखको आवाजले मन नै खिन्न भो। डर लागे जस्तो भो। एउटा फुच्चे केटालाई देखे। सोध्न मन लाग्यो। लास लैजादा फ्याकेको पैसा टिप्दै रहेछ। मैले सोधे- ए भाई!!!! को मरेको? फुच्चेले मलाई पुलुक्क हेर्दै भन्यो।देव …….!!!!!!!! देव ।।।।।।।।। मैले आँखा खोल्दा म धरानको घोपा क्याम्प अस्पतालमा पाए। क्रमश…………………………
तपाइँको प्रतिक्रिया