सिटीलाई भिएआरले रोक्दा टोटेनह्याम सेमिफाइनलमा
बैशाख ५ – रोमान्चक खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी म्यानचेस्टर सिटीलाई पराजित गर्दै टोटेनह्याम च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गए राती गोलको बर्षा भएको क्वाटरफाइनलको दोस्रो लेगमा सिटीलाई अवे गोलमा पछि पार्दै टोटेनहम हस्टपर युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सिटीको मैदानमा भएको दोस्रो लेगमा घरेलु टोलीसँग ४–३ ले पराजित भएपनि समग्रमा ४–४ को बराबरी हुदा अवे गोलमा टोटेनहम अन्तिम चारमा पुग्न सफल भएको हो ।नाटकीय बनेको खेलको चौथो मिनेटमा नै रहिम स्ट्रलिङको गोलमा घरेल टोली अघि बढेको थियो । तर, सिटीको त्यो अग्रता लामो समय टिकेन । सातौ मिनेटमा ह्युङ मिन सनले बराबरी गोल फर्काए ।
१०औं मिनेटमा ह्युङ मिन सनले अर्काे गोल गरेपछि टोटेनह्याम २–१ ले अघि बढ्यो । लगत्तै बर्नाडो सिल्भाले गोल गरेपछि खेल २–२ गोलको बराबरी भयो । २१औं मिनेटमा रहिम स्ट्रलिङले गोल गरेपछि सिटीले पहिलो हाफमा ३–२ को अग्रता बनायो ।
५९औं मिनेटमा सर्जियो अग्विरोले गोल परे पछी सिटीले ४–२ को अग्रता लियो । ७३औं मिनेटमा फर्नान्डो लोरेन्टेले गोल गरेपछि खेल ४–३ को अवस्थामा पुग्दा अवे गोलमा टोटेनह्याम रह्यो ।इन्ज्युरी समयमा अगुएरोले गोल गरेपनि भिएआरको सहायतामा उक्त गोलले मान्यता पाएन । त्यसपछि थप गोल गर्न नसक्दा टोटेनह्याम अवे गोलका आधारमा सिटीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।(एजेन्सी)
तपाइँको प्रतिक्रिया