रास्वपाले बोलायो संसदीय दलको बैठक
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।
मंगलबार बिहान ८ बजे सिंहदरबारमा बस्ने गरी संसदीय दलको बैठक आह्वान भएको सहमहामन्त्री मनीष झाले जानकारी दिए ।
२८ वैशाखबाट बस्ने संसद् बैठकको तयारीका लागि संसदीय दलको बैठक बस्न लागेको झाले जानकारी दिए । ‘सदन र बजेट अधिवेशनको तयारीका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।
तपाइँको प्रतिक्रिया