गायक सुरज आचार्यको नयां गीत ‘मेरो आँखांमा तिमी छौ’ सार्वजनिक
चितवन – नव गायक सुरज आचार्यको नयां गीत ‘मेरो आँखांमा तिमी छौ’ सोमबार सांझ सार्वजनिक भएको छ। पछिल्लो समय क्यानडा बस्दै आएका गायक सुरज आचार्य र प्रकाश शर्मा आचार्यको शब्द रहेको उक्त गीतमा उदय राज पौडेलले संगित भरेका छन् ।
गितको म्युजिक भिडियो क्यानडामा तयार गरिएको हो भने भिडियोमा गायक स्वंयम सुरज मन्नु विश्वकर्मा, रोजिन दाहाल, एलोन आचार्य र समराज पौडेलको अभिनय रहेको छ । प्रेमकुमार भारतीको निर्देशन रहेको गीतमा सुजन लिम्बुको छायांकन तथा नबिन निरौलाको सम्पादन छ ।
गितको म्युजिक भिडियोमा बुवा र छोराको मायाको कथालाई चित्रण गर्न खोजिएको छ उक्त गीतको म्युजिक भिडियो गायकको आफ्नै युटुब च्यानलमा हेर्न सकिनेछ ।
तपाइँको प्रतिक्रिया