चितवनमा ट्रकमा म्याजिक भ्यान ठोक्किँदा १७ जना घाइते
चितवन – चितवनमा ट्रकमा म्याजिक भ्यान ठोक्किँदा १७ जना घाइते भएका छन् । आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका–२९ चौध किलो भन्ने स्थानमा मुग्लिनबाट नारायणगढ तर्फ आइरहेको ना१ज ४९५७ नम्बरको म्याजिक बिपरित दिशाबाट आइरहेको प्रदेश २–०३–००१ख ०७०६ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना म्याजिकमा सवार यात्रु घाईते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार १७ जनामध्ये ११ जनाको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा र ६ जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ । घाइतेहरु सबै इच्छाकामना गाउँपालिकाका रहेका छ।
प्रहरीका अनुसार म्याजिक भ्यानको टायर पङ्चर भएर ट्रकसँग ठोक्किन पुगेको हो । ट्रक चालक मकवानपुर जिल्ला वकैया गाउँपालिका वडा नं.३ बस्ने वर्ष २४ का सन्तवीर बम्जन प्रहरीको नियन्त्रणमा रहेको चितवन प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया