एमालेले बोलायो सचिवालय बैठक

एटुजेड समाचार

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठक आह्वान गरेका छन् ।बैठक यही जेठ १९ गते बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीका अनुसार बैठकमा गएको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार नेताहरुको कार्याविभाजन र आगामी कार्यक्रमहरुको कार्ययोजना तयार गर्ने जानकारी दिए ।“सचिवालय बैठक यही जेठ १९ गते बस्दै छ । बैठकले कार्यविभाजन कार्ययोजनादेखि सबै विषय पारित हुन्छ,” उनले बाह्रखरीसँग भने, “बैठकमा समसामयिक विषयमा पनि छलफल हुन्छ ।”

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू