कोरोनाको नयाँ भेरियन्ट बारे छलफल गर्न बैठक, नाकामा कडाइ र अन्तर्राष्ट्रिय उडानबारे छलफल हुने
काठमाडौं – सरकारले कोरोनाभाइरस (कोभिड– १९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिम बढेपछि उच्च सतर्कता अपनाउने भएको छ ।
दक्षिण अफ्रिकामा देखिएको कोरोना नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को रोकथाम लागि पूर्वतयारी गर्न अहिले केहिबेरमा कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समितिको बैठक बस्न लागेको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।
सीसीमसीसीको साप्ताहिक बैठकमा कोरोनाको नयाँ भेरिन्ट संक्रमण हुनबाट कसरी सकता अपनाउने बारे छलफल हुने उनले बताइन् । बैठकमा सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे छलफल हुनेछ ।
नेपालमा नयाँ भेरियन्ट आउन सक्ने सम्भावना रहेकाले उच्च सर्तकता अपनाउनुपर्ने विज्ञहरुले बताउँदै आएका छन् । नयाँ भेरियन्टको पहिचान रोकथाम लागि सीमा नाकामा कडाइ र सुरक्षित हवाई उडानबारे छलफल गर्ने उनले बताइन् ।
तपाइँको प्रतिक्रिया