वाग्मती प्रदेश सरकारद्वारा दुई वटा विधेयक दर्ता
हेटौंडा – वाग्मती प्रदेश सरकारले आज प्रदेशसभा सचिवालयमा दुईवटा विधेयक दर्ता गराएको छ । सरकारले सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ र केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७७ दर्ता गराएको सचिवालयले जनाएको छ ।
आगामी केही हप्ताभित्रै बस्ने प्रदेशसभाको बैठकमा ती दुवै विधेयक छलफलका लागि प्रस्ताव टेबुल गरिने प्रदेशसभा सचिवालयका कानून अधिकृत विनोद अमात्यले बताउनुभयो ।
तपाइँको प्रतिक्रिया