विदेशीलाई नागरिकता बनाई दिएको आरोपमा प्रशासकीय अधिकृत पक्राउ
काठमाडौं – झुठ्ठा विवरण पेश गरी विदेशी नागरिकलाई नागरिकता बनाई दिएको अभियोगमा जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत सुरेश आचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।
२०७२ मंसिर १० गते झुठ्ठा विवरण पेश गरी विदेशी नागरिकलाई नागरिकता राहदानी बनाई दिएको कसुर मुद्धामा जिल्ला अदालत झापाबाट वारेन्ट जारी भएका आचार्यलाई महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं गठ्ठाघरबाट शनिबार आचार्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आज आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।
तपाइँको प्रतिक्रिया