युद्धमा ज्यानको बाजि लगाउने तिमीलाई देशकाे सलाम !
मनाेज घिमिरे,
चितवन – बिपत्ति कहिले प्राकृतिक बनेर आँउछ त कहिले स्वंय मानवका कारण । आज सिङ्गो बिश्वभरि जैविक हतियार प्रहार गरेजस्तै गरि फैलिएको नाेभेल काेराेना भाईरस (काेभिड १९) काे संक्रमण सम्पुर्ण मानव जातिका लागि बिश्व युद्ध भन्दा सन्त्रासपुर्ण बनेकाे छ। हाल यस महामारिका विषयमा फरक फरक देश र फरक फरक ब्यक्तिहरु आफ्ना आफ्ना तर्क प्रस्तुत गरिरहेका छन।
खै यो भाईरस मानव निर्मित हो या प्रकृतिप्रति मानवले गरेको बिनासकाे परिणाम! यस्को उत्तर खोज्न तत्काल लाइ सम्भव नहाेला। शक्तिशाली देश बिच बिश्वको महा शक्ति बन्ने हाेडमा सन् १९१४ देखि १९१८ सम्मको प्रथम बिश्व युद्ध र सन १९३९ देखि १९४५ सम्मको दोस्रो बिश्व युद्धमा सेना तथा नागरिक गरि करिब ९ करोड ५० लाख भन्दा बढिले ज्यान गुमाएकाे मानव सव्भयता कै काहलि लाग्दो ईतिहास आज पनि हामी अध्यन गर्न सक्छौ। त्यो ईतिहास बिश्व युद्धको हो।
तर आज हामी न बिश्व युद्ध लडिरहेका छाै न त गृह युद्ध नै। तर पनि हामी त्रसित छाै। बिश्व युद्धमा लडेका देशहशरू आज हारेका छन् । शक्तिशाली देश्का प्रमुखहरु आज आफ्नो पराजय सँग आशुँ झारिरहेका छन। चिनबाट शुरु भएकाे काेराेना भाईरस सँगको युद्ध सिङ्गो बिश्वलाई जैबिक युद्ध साबित भएकाे छ।
बिश्व युद्धमा सेना र नागरिकले ज्यान गुमाए जस्तै काेराेना भाईरस विरुद्धको लडाईमा पनि सेना रूपि स्वास्थकर्मी तथा भाईरस सङ्क्रमित नागरिकहरुले ज्यान गुमाईरहेका छन। मृत्यु हुनेको संख्या बिश्व युद्धको भन्दा कम भए पनि भाईरस संगको यो युद्ध न जित्न सकिने न अत्मसमर्पण गरेर बाच्न सकिने अवस्था छ। हामी त एउटा सानाे र कमजाेर देशका नागरिक । हामी यस भाईरस सँग न जित्न सक्छौ न त अत्मसमर्पण गर्न । बिश्वले नजितेको भाईरस भए पनि हामी लडन भनै छाडदैनाै। यस भाईरस सँगको लडाइँमा सारा नेपालीले सरकारलाई साथ दिन जरुरी छ। आफ्नो ज्यानको बाजि लगाएर याे लडाइँमा सिपाईकाे भुमिका खेल्ने हाम्रा सम्पुर्ण स्वास्थकर्मी प्रति सलाम।
आज सारा नेपालिले बिश्वले नजितेको कोरोना भाईरस विरुद्धको लडाइँलाई जित्ने आँट गर्ने हो भने तपाई हामी आ- आफ्नो घर बसेर मात्र सम्भव हुन सक्छ । एकतामा शक्ति हुन्छ हामिले सुन्दै र भाेग्दै आएको सत्य तर आज यो लडाइँ जित्नका लागि तपाई हामी एक्लिन जरुरी छ। हामी हाम्रो घरमा एक्ला एक्लै रहे पनि काेराेना भाइरस विरुद्धको यस लडाईमा सम्पुर्ण नेपालीको आत्मा संगै रहने छ। लडाईका सिपाहि रूपि सम्पुर्ण स्वास्थकर्मीहरुलाई हृदयदेखि नमन। आफु बाचाैं र अरूलाई पनि बचाऔं ।
(लेखक घिमिरे चितवनका पुराना संचारकर्मी हुन् र उनी अहिले चितवनको पहिलो रेडियो सिनर्जी एफ एममा कार्यरत छन् ।)
तपाइँको प्रतिक्रिया