चितवन महंगोमा बेच्न लुकाईराखेको मास्क र अबैध औषधीसहित एक प्रहरीको फन्दामा
चितवन – चितवनमा लुकाई राखेको मास्क र अवैध औषधीसहित एक जना पक्राउ गरेको छ । भरतपुरका दुई औषधी पसलमा आइतवार साँझ गरिएको अनुगमनका क्रममा ५ हजार थान मास्क, अवैध औषधीसहित एक जना पक्राउ परेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।
भरतपुर चौविसकोठीमा रहेको मिराकल फर्माले दुई कार्टुन मास्क लुकाएर राखेको अवस्थामा फेला परेको थियो । महंगोमा बेच्ने गरिएको सूचनाका आधारमा प्रशासनले छापा मार्दा उक्त मास्क फेला पारेको प्रहरीले जनाएको छ । फर्माका सञ्चालक रामकृष्ण कंडेल भने पक्राउ परेका छैनन् ।
भरतपुर पोलिक्लिनिकमा अवैध औषधी विक्री वितरण गरेको भेटिएको छ । औषधी व्यवस्था विभागमा दर्ता नभएका औषधी विक्री गरेको खुलेको छ । सो पोलिक्लिनिकबाट सत्कार ढकाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया