समाज/संरक्षणमा रहेका समाचारहरु

गण्डकीमा कृषि नमूना फार्म कार्यक्रम

कृष्ण दवाडी ,कास्की, २२ मङ्सिर  : माछापुच्छ्रे गाउँपालिका–३ घाचोकका गोपाल पोखरेलले तीन वर्षदेखि पशुपालन गर्दै आउनुभएको छ । भारद्वाज कृषि फार्म दर्ता गरेर शुरुमा १० वटा माउ भैँसीबाट पशुपालन थाल्नुभएको उहाँको व्यवसाय विस्तार गर्ने सोच छ तर लगानीका लागि पैसा छैन...

दुर्घटनामा एकको मृत्यु

काठमाडौँ, २२ मङ्सिर : काठमाडौँ  महानगरपालिका–१७ स्थित ढल्कुमा टिपरको ठक्करबाट आज बिहान एक जनाको मृत्यु भएको छ । डल्लुबाट सोह्रखुट्टेतर्फ आउँदै गरेको बा ३ ख ४२२० नम्बरको फोहरमैला बोक्ने टिपरले विपरीत दिशाबाट जाँदै गरेको बा ५१ प ६८६७ नम्बरको मोटरसाइकललाई...

विद्युतीय चुलो सम्बन्धी मापदण्ड ल्याइँदै

काठमाडौँ, २२ मङ्सिर : खाना पकाउन आयातित एलपी ग्यासको निर्भरतासँगै व्यापार घाटामा वृद्धि र वातावरणीय प्रकोपको समस्यालाई न्यूनीकरण गर्न इण्डक्सनलगायत विद्युतीय चुलोको प्रवद्र्धन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । वार्षिक झण्डै १३ अर्ब रुपैयाँको एलपी ग्यास आयात हुने गरेको र...

रु १० मै कपडा बिक्री, आम्दानीबाट विद्यालय सञ्चालन

ललितपुर, २२ मङ्सिर : के तपाइँ एक पटक प्रयोग गरिसकेको वा प्रयोगमा नआएका लत्ताकपडा, पुस्तक, स्टेशनरीका सामग्रीहरु कहाँ व्यवस्थापन गर्ने भन्ने समस्यामा हुनुहुन्छ ? त्यसो भए होस्टेहैंसे नामक संस्थालाई खबर गरिदिनुहोस् । संस्थाका स्वयंसेवकहरुले ती सामग्री लगेर बिक्री गरी...

वडाध्यक्षलाई कामकाजमा रोक

सप्तरी, २२ मङ्सिर : राजविराजस्थित उच्च अदालत जनकपुर इजलासले सप्तरीको रुपनी गाउँपालिका–१ का वडाध्यक्ष पीताम्बर यादवलाई कामकाज गर्न रोक लगाएको छ । विशेष अदालतले नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा कसुरदार ठह¥याइसकेका यादवलाई वडाध्यक्षको हैसियतले कामकाज नगर्न उक्त इजलासले बिहीबार अन्तरिम...

कृषिमा आधुनिक प्रविधि भित्र्याउने सम्झौता

काठमणडौँ, २० मङ्सिर : नेपालको कृषि पद्धतिमा आधुनिक प्रविधि प्रयोग गर्ने प्रविधि सिकाउन नेपाल चेम्बर अफ कमर्स र जापानको टोकियो युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीबीच नौ बुँदे सम्झौता भएको छ ।   सम्झौता अनुसार जापानको टोकियो युनिभर्सिटीमा कृषि प्रविधि अध्ययनरत विद्यार्थीले...

गणेशधामको गुरुयोजना निर्माण कार्यमा तीब्रता

चितवन, मंसिर २१ । भरतपुर महानगरपालिका–११ मा रहेको धार्मिक तथा ऐतिहासिक स्थल गणेशस्थानलाई गणेशधामको रुपमा विकास गर्न गुरुयोजना निर्माणकार्यलाई तीब्रता दिईएको छ । करिव २ महिना अघिदेखि सुरु भएको काम अन्तिम चरणमा पुगेको छ । गुरुयोजनाका सार्वजनिक भएका केही...

खैरहनी महोत्सवमा प्रमुख आकर्षण डुंगा र जिप सयर

चितवन, मंसिर २१,चितवनमा जारी खैरहनी महोत्सवलाई थप आकर्षक बनाउन डुंगा र जिप सयरको व्यवस्था गरिएको छ । उद्योग वाणिज्य संघ खैरहनी र खैरहनी नगरपालिकाको संयुक्त आयोजनामा भएको महोत्सवलाई थप आकर्षक बनाउन महोत्सव स्थल नजिकै रहेको लदरी खोलामा डुंगा सयरको व्यवस्था...

मोटरसाइकलबाट लडेर वृद्धाको मृत्यु

लहान, २१ मङ्सिर : सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएका एक वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ । स ५ प ९७४२ नं को मोटरसाइकलबाट हिजो साँझ अचानक लडेर गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार गोलबजार नगरपालिका–...

भूमि समस्या समाधानका लागि आयोग गठन गर्नेः मन्त्री अर्याल

काठमाडौँ, २१ मङ्सिर : सरकारले भूमिसम्बन्धी देखिएका विभिन्न समस्यालाई समाधान गर्न आयोग गठन गर्ने भएको छ । उक्त आयोगले भूमिहीन नागरिकलाई व्यवस्थित गर्ने अव्यवस्थित तथा जोखिमयुक्त बसोबासको न्यूनीकरण गर्ने, मोही र जग्गाधनीबीचका समस्या समाधान गर्ने र जमीनको वर्गीकरणलगायत विषयलाई...