स्वास्थ्यमा रहेका समाचारहरु

भरतपुर महानगरका बत्तीस प्रतिशत बासिन्दा खानेपानीबाट वञ्चित
-A2z Samachar

  सूर्यप्रसाद अधिकारी, बैशाख २७,चितवन । भरतपुर महानगरपालिकाका ३२ प्रतिशत बासिन्दा शुद्ध खानेपानीको पहुँचबाहिर रहेको पाइएको छ । भरतपुर खानेपानी व्यवस्थापन बोर्डले बिहीवार भरतपुरमा आयोजना गरेको एक कार्यक्रममा उक्त जानकारी दिइएको हो । बोर्ड र अन्य उपभोक्ता समितिमार्फत खानेपानी आपूर्ति...

काठमाडौँमा विरामीमा हैजाको कीटाणु देखियो
-A2z Samachar

काठमाडौँ ,बैशाख २७-– काठमाडौँको टेकूस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले त्यहाँ भर्ना भएका विरामीमा हैजाको कीटाणु देखिएको प्रतिवेदन सार्वजनिक गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।     उक्त अस्पतालका अनुसार बिरामीको दिसाको नमुना संकलन...

कन्टेनर नहुँदा सुत्केरीको सालनाल बिरामीकै झोलामा
-A2z Samachar

कनकाई, बैशाख २६ – प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको लापरवाहीका कारण सेवा लिन आउने बिरामी समस्यामा परेका छन् । स्वास्थ्य केन्द्रमा अव्यवस्थित प्रसूति सेवाकक्ष साथै आवश्यक सामग्रीको अभाव भएकै कारण सुत्केरी अवस्थाका महिला यसको शिकार भएका हुन् । एक महीनामा १०...

खानेपानीको विल भुक्तान गर्न अनलाइन प्रणाली
-A2z Samachar

 बैशाख २६, चितवन । भरतपुर महानगरबासीका लागि खानेपानी व्यवस्थापान बोर्ड भरतपुरले अनलाइन सेवा प्रणाली शुरु गरेको छ । उपभोक्ताको सहजता र समय र खर्चलाई मितव्ययिता गर्न अनलाइन भुक्तानी सेवा शुरु गरिएको हो । आज बोर्डले भरतपुरमा पत्रकार सम्मेलन गरी यसबारे...

यस्ता छन् हैजाका लक्षण र बच्‍ने उपाय
-A2z Samachar

  बैशाख २५,काठमाडौं । सामान्यतया हैजा किटाणुयुक्त खाना वा पानीबाट मानिसमा सर्ने गरेको चिकित्सकहरु बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनले दुषित पानी, राम्रोसँग नपाकेको खाना र तरकारी, माछामासु, राम्रोसँग सफा नगरिएको फलफूलबाटसमेत हैजाका जीवाणु...

दीर्घ श्वासप्रश्वास अवरोध रोग : यस्ता छन् लक्ष्ण र बच्‍ने उपाय
-A2z Samachar

बैशाख२४,काठमाडौं । दीर्घ श्वासप्रश्वास अवरोध रोग पछिल्लो समय विश्वमा नै प्रमुख समस्या रुपमा देखिएको पाइएको छ । फोक्सोमा रहेका हावाका नलीहरु स्थायीरुपमा क्षति भएर सास फेर्न कठिनाइ हुनु नै दीर्घ श्वासप्रश्वास अवरोध रोग रहेको वरिष्ठ छाती रोग विशेषज्ञ डा...

स्वस्थ जीवनका लागि प्राकृतिक आहार
-A2z Samachar

बैशाख २३, चितवन । मानिसको जीवनलाई सदैव स्वस्थ राख्न र फूर्तिलो बनाइराख्न प्राकृतिक आहारको प्रयोग गनुुपर्ने प्राकृतिक चिकित्सकहरुले बताएका छन । पछिल्लो समय मानिसहरु ऐल्लोप्थाथिक औषधि प्रयोग बढ्दै गइरहेको भन्दै यसलाई न्यूनिकरण गर्दै प्राकृतिक चिकित्सा पद्धतिमा जानुपर्ने सुझाव दिएका हुन...

जुम्लामा अज्ञात रोगले गाउँले धमाधम बिरामी
-A2z Samachar

खलङ्गा, वैशाख २३ – जुम्लामा अज्ञात रोगका कारण तातोपानी गाउँपालिका–७ सर्मीका स्थानीय धमाधम बिरामी पर्न थालेका छन् । पहिचान नभएको रोगबाट सिङ्गो गाउँनै प्रभावित भएको जनता सेवक आधारभूत विद्यालय काटिया सर्मीका शिक्षक हेमराज कुँवरले बताए । प्रत्येक घरमा बिरामी...

भाइरल ज्वरोले एकको मृत्यु
-A2z Samachar

बाजुरा, बैशाख २२ – जिल्लाको हिमाली गाउँपालिका–५ क्युडी र ६ को पाडीगाउँमा एक सातादेखि भाइरल ज्वरोको प्रकोप बढेको छ । भाइरल ज्वरोका कारण एकको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले बताए । मृत्यु हुनेमा क्युडीकी ५५...

९० जनामा एचआइभी सारेको आरोपमा डाक्टर पक्राउ
-A2z Samachar

कराँची, बैशाख  २० – पाकिस्तानका एक चिकित्सकले एचआइभी सङ्क्रमित सुई प्रयोग गरी ६५ जना बालबालिका समेत कम्तीमा ९० जनामा एचआइभी सारेको आरोपमा पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।स्थानीय प्रहरी अधिकारी कमरान नवाजले स्वास्थ्य निकायहरुबाटै गुनासो आएपछि चिकित्सकलाई गिरफ्तार गरिएको...