स्वास्थ्यमा रहेका समाचारहरु

बेलको जुसप्रति मानिसको आर्कषण बढ्दै
-A2z Samachar

तनहुँ, साउन ९ – वनमा खेर गइरहेको बेललाई सदुपयोग गरी बेलको जुस उत्पादन गर्न थालेपछि जुस सेवन गर्ने मानिसको सङ्ख्या बढ्दै गएको छ । तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित नमूना माउन्टेन सामुदायिक बेल जुस उद्योगले बेलको जुस उत्पादन गर्न थालेपछि...

सर्पले डसेका बिरामीको चाप बढ्यो
-A2z Samachar

विराटनगर, साउन ८ – विराटनगरस्थित प्रदेशिक अस्पताल (कोशी)मा सर्पले डसेका बिरामीको चाप बढेको छ । अविरल वर्षापछि आएको बाढी र डुवानका कारण विगत १५ दिनयता सर्पले डसेका बिरामीको चाप अस्पतालमा बढेको हो । सर्पले डसेका बिरामीको सङ्ख्या दिनप्रतिदिन वृद्धि...

भरतपुर अस्पतालको आकस्मिक कक्ष साँघुरो हुँदा बिरामी मर्कामा
-A2z Samachar

नारायण अधिकारी चितवन, साउन ८ – आकस्मिक कक्षमा बिरामीको चाप बढेपछि भरतपुर अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी केशव श्रेष्ठलाई कहाँ राखेर उपचार गराउने भन्ने समस्याले सतायो । हिजो मङ्गलबार राति अस्पतालको आकस्मिक कक्षमा ५० जना बिरामी उपचारका लागि आएका थिए...

थालेसिमियाको बिरामीलाई बेल्जियम संस्थाको सहयोग
-A2z Samachar

साउन ६, भरतपुर । भरतपुर अस्पतालमा उपचारार्थ थालेसिमियाका बिरामीलाई चितवन सहायता कोष बेल्जियम (क्याट)ले आर्थिक सहयोग गरेको छ । आज भरतपुरमा चितवन सहायता समाजले आयोजना गरेको कार्यक्रमममा नगद ९० हजार सहित भरतपुर अस्पताललाई हस्तान्तरण गरेको हो । रकम हस्तान्तरण कार्यक्रममा...

जङ्गली च्याउ खाँदा चितवनमा एकै परिवारका तीन जना बिरामी
-A2z Samachar

चितवन, साउन ६– जङ्गली च्याउ खाँदा भरतपुर महानगरपालिका–८ सीताराम चोकका एकै परिवारका तीन जना बिरामी भएका छन् । बिरामी पर्नेमा २५ वर्षीय बुद्धलाल बोलन, उनकी श्रीमती २४ वर्षीया सरिता र चार वर्षीय छोरा समिर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...

भाले, अण्डा र घ्यू बोकेर सुत्केरीको घरमा गाउँपालिका अध्यक्ष
-A2z Samachar

पर्वत, साउन ५ – यहाँको एक गाउँपालिकाले आर्थिक वर्ष शुरु भएको एक साता पनि नबित्दै गाउँसभामा नीति तथा कार्यक्रम पारित गरिएको निर्णय कार्यान्वयन शुरु गरेको छ । पर्वतको महाशिला गाउँपालिकाले सुत्केरी महिला भेट्नका लागि ‘अध्यक्ष कोशेली कार्यक्रम’ आर्थिक वर्षको...

मनोसामाजिक क्षेत्रमा सुपरीवेक्षण गर्ने निकायको अभाव
-A2z Samachar

काठमाडौं, साउन ४ :मनोसामाजिक स्वास्थ्य सेवाको क्षेत्रमा अनुगमन तथा सुपरीवेक्षण गर्ने निकायको अभाव छ । जसका कारण मनोवैज्ञानिकहरुले जे जानेका छन् त्यही सीप प्रयोग गरेर मनोसामाजिक स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन् । सुरपरिवेक्षणको अभावमा मनोचिकित्सा क्षेत्रमा कुन तरिका...

चितवनमा ६ महिनामा ५४ नयाँ एचआइभी सङ्क्रमित
-A2z Samachar

चितवन, साउन ३ – सन् २०१९ को छ महिनामा जिल्लामा ५४ नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् । जिल्लाको विभिन्न स्थानमा गरिएको सात हजार ८०१ जनाको रगत परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् ।योसँगै जिल्लामा अहिले एक हजार ७६४...

टाउको दुखाइमा ‘पेनकिलर’ भन्दा राम्रो हुन्छ ‘बियर’
-A2z Samachar

काठमाडौं, साउन २ – ‘मादक पदार्थ स्वास्थका लागि हानिकारक छ ।’ मादक पदार्थ सेवन गर्नु गैरकानुनी र असामाजिक मानिन्छ । मादक पदार्थ सेवन गरी समाजमा होहल्ला गर्ने मानिसलाई समाजले निकै तल्लो स्तरमा राखेर हेर्ने गर्छन् । बियर पनि मादक...

विकराल बन्दै नसर्ने रोग ः नसर्ने ७० प्रतिशत, सर्ने ३० प्रतिशत
-A2z Samachar

  सूर्यप्रसाद अधिकारी, साउन १, चितवन । विगत एक दशक अघिसम्म सर्ने रोगबाट विरामीहरु बढी प्रभावित भएपनि हाल आएर ती विरामीहरु मध्ये नसर्ने रोगबाट प्रभावित हुनेको संख्या बढ्दै गएको छ । बिशेषगरी मुटुरोग,क्यान्सर मधुमेह, रक्तचाप लगायतका ६ प्रकारका नसर्ने रोगबाट...